रेडक्रस पोखरा १७ उपशाखामा रेग्मी

पोखरा, २२ पुस /नेपाल रेडक्रस सोसाइटी उपशाखा पोखरा महानगरपालिका वडा नं. १७ उपशाखाको सभापतिमा झपिन्द्रराज रेग्मी सर्वसम्मत चयन भएका छन् । उपशाखाको शनिबार सम्पन्न १४ औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनले रेग्मीको नेतृत्वमा उपशाखाको दश सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

जसको उपसभापतिमा हरिप्रसाद श्रेष्ठ, सचिव हरिप्रसाद लम्साल, उपसचिव दुर्गाबहादुर बराल, कोषाध्यक्ष बिजयकुमार शाही र उपकोषाध्यक्ष लक्ष्मी अधिकारी सर्वसम्मत चयन भएका छन् । त्यसैगरी, सदस्यहरुमा शिवराम भण्डारी, रबिन्द्रकुमार श्रेष्ठ, नारायणप्रसाद अधिकारी, दिपेन्द्र बराल छन् । एक सदस्य सभापतिले मनोनित गर्ने व्यवस्था छ । निवर्तमान सभापति, वडाका जनप्रतिनिधि एक जना र जिल्ला कार्यसमितिका एकजना सदस्य पदेन सदस्य रहने व्यवस्था छ ।

उक्तअवसरमा उपशाखाको नवनिर्मित भवनको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसिले शनिबार उद्घाटन गरेका छन् ।
भवनको साथै उपशाखाको १४ औं बार्षिक साधारणसभा तथा ७ औं अधिबेशनको पनि उद्घाटन गर्दै मेयर जिसीले मानवीय सेवाका कार्य गर्ने संस्थाको आफ्नै भवन हुनु राम्रो रहेको उल्लेख गरे ।

उपशाखाले २०६६ सालमा ६ आना दुई पैसा दुई दामको क्षेत्रफल भएको जग्गा केन्द्रीय कार्यलयबाट भवन निर्माणको लागि स्वीकृती पाएको र २०६७ सालमा शिलान्यास भएको अध्यक्ष तिर्थराज अधिकारीले बताए । उपशाखामा हालसम्म एशस्कर सदस्य ३९ जना, विशिष्ट सदस्य १०४ जना, आजीवन सदस्य २३९ साधारण सदस्य १७ जना रहेको अधिकारीले जानकारी दिए ।

सो अवसरमा नेपाल रेडक्रस सोसाईटी कास्की शाखाका सभापति डोलराज पाण्डे, नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेश संयोजक सूर्यप्रसाद ढकाल, पोखरा–३१ उपशाखाका सभापति रुद्रनाथ अधिकारी, गुप्तेश्वर बहुमुखी क्याम्पस व्यवस्थापन समिति अध्यक्ष भूपति ढकाल ‘कमल’, छोरेपाटन टोल विकास संस्थाका अध्यक्ष चुडमणी वराल, रेडक्रसकर्मी डिल्लीराम बराल, पोखरा–१७ (नेकपा) का अध्यक्ष सुवास ढुंगाना, नेपाली काँग्रेस पोखरा–१७ का सभापति देवराज आचार्यलगायतले कार्यक्रममा उक्त शाखाद्धारा रजत जयन्तीको अवसरमा प्रकाशित ‘रजत जयन्ती’ स्मारिकाको विमोचनसमेत गरिएको थियो ।

कार्यक्रममा निवर्तमान सचिव हरिप्रसाद श्रेष्ठले सचिवको प्रतिवेदन र कोषाध्यक्ष उर्मिला खड्का भण्डारीले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
उद्घाटन पूर्व युवा तथा विभिन्न संघसंस्थाहरुले छोरेपाटनदेखि विरौटा चोकसम्म प्रभातफेरी निकालिएको थियो । उपशाखाका निवर्तमान सभापति तिर्थराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति झपिन्द्रराज रेग्मीले स्वागत, विशिष्ट सदस्य लक्ष्मी अधिकारीले सात सिद्धान्त वाचन र सचिव हरिप्रसाद श्रेष्ठले संचालन गरेका थिए ।

कमेन्टहरु
Loading...