मुख्यमन्त्री गुरुङद्धारा सांसद बरालको स्वास्थ्य अवस्था बुझ्दै

पोखरा, १० जेठ/ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले प्रदेशका सांसद रामजी बराल (जीवन) को स्वास्थ्य अबस्था बुझ्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगेकाछन्। इन्टरनल हर्नियाबाट ग्रसित भएका सांसदको शल्यकृया भएको तेश्रो दिनमा मुख्यमन्त्री गुरुङ प्रतिष्ठानको पोष्ट अप्रेटिभ वार्डमै पुगेर उनको स्वास्थ्य अबस्था बारे बुझेका हुन्।

सांसद बरालका माइला छोरा सुजन बरालले बाबुको उपचारको बारेमा मुख्यमन्त्रीलाई जानकारी गराएका थिए । मुख्यमन्त्री गुरुङले सांसद बरालको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा थप केही आवश्यक सहयोग परेको खण्डमा आफुहरुले सहयोग गर्न तयार रहेको बताए । सांसद बराललाई मनोवल उच्च पार्न आग्रह गर्दै मुख्यमन्त्री गुरुङले चिकित्सकको सल्लाह अनुसार खानपिन र समान्य हिडडुललाई निरन्तरता दिन सल्लाह दिए ।

नेकपाका नेता समेत रहेका सांसद बरालको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रिय अस्पताल) मा विहिबार शल्यकृया भएको थियो । सांसद बरालको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आएको प्रतिष्ठानका उपकुलपति डा.बुद्धिबहादुर थापाले बताए ।

शनिबार कास्की माछापुच्छ«े गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर गुरुङ, उपाध्यक्ष कृष्ण कुमारी दवाडी सहितका व्यक्तिहरुले समेत सांसद बरालको स्वास्थ्य अबस्थाको बारेमा जानकारी लिएका थिए । सांसद बरालका इष्टमित्र, शुभेच्छुक, विभिन्न संघ संस्थाका पदाधिकारी, विभिन्न राजनीतिक नेता, कार्यकर्ताहरुले फोनबाटै उनको स्वास्थ्य अबस्थाबारे बुझेकाछन् ।

सांसद बराल बिहीबार विहान करिब ५ः०० बजे देखि पेटको देब्रे कोखको भागमा गहिरो दुखाईले मेट्रो सिटि अस्पतालमा भर्ना भई खासै निको नभए पछि अस्पतालले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरेको थियो ।

कमेन्टहरु
Loading...