काँग्रेस वरिष्ठ नेता पौडेलद्वारा ओमराज पौडेलका परिवारप्रति समवेदना व्यक्त

पोखरा, ३१ असार /नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पोखरा महानगरपालिकाका सामाजिक महाशाखाका वरिष्ठ सुचना अधिकृत ओमराज पौडेलका परिवारलाई भेटी हार्दिक समवेदना व्यक्त गरेका छन् ।

नेता पौडेलले आइतबार पौडेलको निवास पोखरा ५ पुगी दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका हुन् ।

सो क्रममा नेता पौडेलले घटानको बारेमा जानकारी लिदै शोकको सो घडीमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भनी कामना समेत गरे । काँग्रेसका वरिष्ठ नेता पौडेल सहित पुर्व मन्त्री तथा नेपाली काग्रेसका नेता यज्ञबहादुर थापा, नेपाली काग्रेसका नेता शुक्रराज शर्मा, पोषनाथ शर्मा लगायत नेता तथा कार्यकर्ताले पौडेल परिवारमा पर्न गएको शोकप्रति समवेदना व्यक्त गरेका छन् ।

असार ९ गते देखी बेपत्ता पोखरा महानगरपालिकाका सामाजिक महाशाखाका वरिष्ठ सुचना अधिकृत ओमराज पौडेल असार ३० गते विहान तनुहँको भिमादको सेती नदि किनारमा मृत अवस्थामा फेला परेका थिए ।

उनी हराएको २२ दिन पछि भिमानबाट सव फेला परेको थियो ।  उनका २ छोरा प्रदिश पौडल र प्रबेश पौडेल रहेका छन् भने छोरी प्रमिशा र श्रीमती उमिला रहेका छन् । ओमराज पौडेलका बाबुआमा र तीन भाई छन् ।
कमेन्टहरु
Loading...