विरौटा साझा चौतारकिो रक्तदानमा ७५ युनिट रगत संकलन

भाद्र १, पोखरा /लायन्स क्लब अफ पोखरा विरौटा साझा चौतारीले शुक्रबार पोखरामा आयोजना गरेको रक्तदान कार्यक्रममा ७५ युनिट रगत संकलन भएको छ । लायन्स क्लब ३२५ बि १ नेपालका डिष्ट्रिक डिसेवल डिर्पाटमेन्ट चिफ सोनम साङ्पोको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै उनले रक्तदान कार्यक्रमको आयोजना गरी रगतको अभावमा जीवन र मृत्युको दोधारमा पुगेकालाई पुर्नजीवन दिने कार्य गरेकोमा सराहना गरे ।

लायन्स क्लव अफ पोखरा विरौटा साझा चौतारीका अध्यक्ष रजनी कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा इभ्यालुएसन डिर्पाटमेन्ट चिफ तिर्थलाल श्रेष्ठ ब्लड डोनेसन कमिटि चियर पर्सन कोकी मल्ल, रिजन चियर पर्सन विद्धाता द्धा, विरौटा साझा चौतारीका संस्थापक अध्यक्ष एवं जोन चियर पर्सन दुर्गा कुमरी आचार्य, रत्तः सञ्चार केन्द्रका प्रमुख धुव्र लामिछाने, विरौटा साझा चौतारीका प्रथम उपाध्यक्ष सावित्रा पौडेल,सचिव कल्पना अर्याल,संयोजक सिर्जना जिसी लगायतले रक्तदानको महत्वको बारेमा बोलका थिए । कार्यक्रम पोखरा १७ घारिपाटन ट्याक्सी चोकमा भएको हो ।

कमेन्टहरु
Loading...