पराजुलीमाथिको आक्रमण निन्दनीय सञ्जाल

पोखरा, १९, जेठ/पोखरा उमनपा–४ सिद्धार्थचोकस्थित सिद्धार्थ मिनीमार्केटमा शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्कीका सचिव तथा मानवअधिकार पत्रकार संघ (हुर्जा) का जिल्ला अध्यक्ष राजेश पराजुलीमाथी ०७३ वैशाख १४ गते भएको आक्रमणप्रति शान्तिको लागि नागरिक समाज सञ्जाल कास्कीले गम्भिर ध्यानाकषर्ण भएको जनाएको छ ।

आक्रमणमा संलग्न मध्ये एकजनालाई कानुनी कारवाही अगाडि बढाइएको तर अर्का पोखरा उमनपा–८ का २३ वर्षीय रोशन अधिकारीलाई हालसम्म पनि प्रहरीले गिरफ्तार गरी कारवाही प्रक्रिया अगाडि बढाउन नसकेको प्रति गम्भिर ध्यानाकर्षण भएको समेत बताएको छ ।

कमेन्टहरु
Loading...