पशुपतिशम्शेरकी साली राजस्थानकी मुख्यमन्त्री

Vasundhara Raje काठमाडौं २४ मंसिर । नेपाली राजनीतिज्ञ पशुपति शम्शेर राणाकी साली बसुन्धरा राजे सिन्धिया भारतको राजस्थान राज्यको मूख्यमन्त्री बन्ने भएकी छिन् ।  राजस्थानको विधानसभामा भारतीय जनता पार्टीले १ सय ६२ सिट जितेपछि राजस्थानको कमान बसन्धुरा राजेसिन्धायाको हातमा पुगेको हो । कांग्रेस २१ सिटमा खुम्चिएको छ ।

भाजपाकी प्रदेशाध्यक्ष बसुन्धरा २००३ देखि ८ सम्म पनि मुख्यमन्त्री थिइन् । बसुन्धरा धौलपुरको पूर्व राज परिवारकी सदस्य हुन् । बिजयराजे सिन्धियाका पाँच सन्तानमध्ये माइली उषाराजे सिन्धिया राणाकी पत्नी हुन भने बसुन्धरा काइँली हुन् ।

राणाकी छोरी देवयानीको दरवार हत्याकाण्डमा दीपेन्द्रसँग नाम जोडिएको थियो । देवयानीको बिबाह पनि भारतमै भएको छ । राजस्थानमा भाजपाका नम्बर वान नेता बसुन्धरा राजे ५ पटकसम्म लोकसभा सांसद भइसकेकी छिन् । उनका अन्य दिदी बहिनीहरु पनि भारतीय राजनीति सक्रिय र प्रभावशाली छन् ।

कमेन्टहरु
Loading...