रेवान पोखराका महासचिब थापाद्धारा राजिनामा घोषणा

पोखरा, ५ भदौ/ रेवान पोखराका अध्यक्ष भिमसेन भुजेल र महासचिब गणेश थापाले पदबाट राजिनामा दिने घोषणा गरेका छन् ।

रेवान पोखराको २५ औ साधारणसभाको बन्द सत्रमा मौखिक राजिनामा दिएको एक सदस्यले जानकारी दिए । बन्द सत्रको छलफलका क्रममा पहिले महासचिब गणेश थापाले मौखी रुपमा राजिनामा दिएको र त्यसपछि अध्यक्षले राजिनामा दिएको ति सदस्यले बताए ।

रेवानका महासचिब गणेश थापाले भने बन्दसत्रमा एसो छलफलका क्रममा मात्रै बताएको बताए । खासै हैन गफ मात्रै भएको बताए । रेवानका अध्यक्ष भिमसेन भुजेलले आफुले राजिनामा नदिएको बताए । उनले राजिनामा दिन परेमा सबै सगँ छलफल गरेर नै दिइ हाल्छु नि । उनले भने रेवान पोखराको २५ पुगेको स्थाको गोल्डेन जुब्ली मनाउन तयारी गरिरहेका छौ ।

रेवान पोखराका उपाध्यक्ष लक्ष्मण बरालले बन्दसत्रमा फलफलका क्रममा उठ्का कुरा बन्दसत्र भित्रै समाधान भएको बताए ।

कमेन्टहरु
Loading...