Ganthan News Pokhara
All news from Pokhara & around

पूर्व सल्लाहकार परिषद् संयोजकमा शर्मा

0
पोखरा, २३ माघ / पश्चिमाञ्चल होटल संघ पोखराको पूर्व अध्यक्ष एवं सल्लाहकारहरुको बैठकले संस्थाका संस्थापक, पूर्व अध्यक्ष एवम् सल्लाहकार सहित १२ सदस्य रहने गरी पूर्व अध्यक्ष परिषद् गठन गरेको छ ।
परिषद्को संयोजकमा संघका पूर्व अध्यक्ष एबं सल्लाहकार हरिप्रसाद शर्मा गैह्रे चयन भएका छन् । पोखरा र यस वरपरको पर्यटन प्रवद्र्धन, होटल उद्योगको सम्बद्र्धन, विगतका ज्ञान, सीप, दक्षता र अनुभवहरुले यस व्यवसाय र नयाँ तथा यूवा व्यवसायीहरुलाई प्रोत्साहन गर्न यो परिषद् गठन गरिएको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । होटल संघका गतिविधिमा समेत परिषद्ले सहयोग गर्ने छ । परिषद् अन्तर्गत ६ वटा विभिन्न उप–समिति गठन गरिएको छ ।
संघ संस्था समन्वय उपसमिति संयोजकमा पूर्व अध्यक्ष एवम् सल्लाहकार विश्वशंकर पालिखे, श्रम तथा कानुनी परामर्श उप–समिति संयोजकमा मेहरमान श्रेष्ठ, टुरिजम प्रोडक्ट डेभलपमेन्ट उप–समिति संयोजकमा बच्चुराम तिवारी, राजनीतिक दल समन्वय उप–समिति संयोजकमा लक्ष्मी बहादुर भट्टराई, वातावरण तथा सरसफाई उप–समिति संयोजकमा गोविन्दराज पहारी, पर्यटन प्रवद्र्धन तथा प्रचारप्रसार उप–समिति संयोजकमा विप्लव पौडेल, प्रशासन, बैंक तथा वित्तीय संस्था उप–समिति संयोजकमा भरतराज पराजुली रहेका छन् ।

Get real time updates directly on you device, subscribe now. (अपडेटहरू सिधै तपाइँको ब्राउजरमा प्राप्त गर्न सब्स्क्राइब् गर्नुहोस्।