मुख्यमन्त्री गुरुङद्धारा भूम्या पर्वको शुभकामना

पोखरा, १ असार / मगर समुदायको साँस्कृतिक चाड भूम्या पर्वको अवसरमा गण्डकी प्रदेशको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्वदेश तथा विदेशमा रहेका मगर समुदाय प्रति शुभकामना व्यक्त गरेका छन् ।

मगर समुदायको रीति र परम्परा अनुसार प्राकृतिक प्रकोप नलागोस्, अन्न उव्जनी राम्रो होस् र रोग–व्याधी नलागोस् भनि आफु वसोवास गर्ने भूमिलाई देउताको रुपमा पूजा गरी हरेक वर्षको असार १ गते यो पर्व मनाउने गर्दछन् ।

बहुजातीय, वहुभाषिक, वहुधार्मिक, वहुसाँस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश संविधानतः धर्मनिरपेक्ष राष्ट्र घोषणा भएको सन्दर्भमा यस्ता विविधतायुक्त धार्मिक एवं साँस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई अझै मजवुत वनाउन महत्वपूर्ण योगदान दिँदै आएको शुभकाना सन्देशमा उल्लेख छ ।

कोभिड–१९ को विरुद्धमा अझ एकतावद्ध भई जुध्न, वर्षा याममा जुनसुकै समयमा पनि प्राकृतिक विपत्ती आउन सक्ने सम्भावनालाई ध्यान दिँदै आवश्यक पूर्व तयारीमा जुट्न र सावधानी अपनाउन समेत आजको दिनले हामी सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।

कमेन्टहरु
Loading...