प्रेस युनियन कास्कीको अधिवेशन फागुन ३ गते हुने

पोखरा, २४ माघ /नेपाल प्रेस युनियन कास्की शाखाको जिल्ला अधिवेसन आगामी फागुन तीन गते हुने भएको छ । युनियन कास्की शाखाको बिहिवार बसेको कार्य समिती बैठकले आठौ अधिवेशनको मिती टुङगो लगाएको हो । अधिवृसन सम्पन्न गर्नका लागी युनियनले शाखा अध्यक्ष शिरोमणी बराल मुल आयोजक समितीको संयोजक रहने गरी विभिन्न उपसमितीको समेत चयन गरेको छ ।

जस अन्र्तगत निर्वाचन समन्वय उपसमितीको संयोजकमा युनियनका सल्लाहकार रविन्द्र बाँस्तोला,प्रकाशन तथा उपहार संयोजन उपसमितीमा उपाध्यक्ष यदुनाथ बञ्जारा र प्रचार प्रसार उपसमितीको संयोजक मा सचिव माधव प्रसाद रेग्मी चयन गरीएको छ । त्यसैगथरी आवास तथा भोजन व्यवस्थापन उपसमितीको संयोजकमा जिल्ला सहसचिव ऋषिकान्त पौडेललाई जिम्मा दिईएको छ भने आर्थीक उपसमितीमा कोषाध्यक्ष रामप्रसाद भूर्तेललाई संयोजक तोकिएको छ ।

त्यस्तै सदस्य समन्वय उपसमितीमा सोमनाथ बराल ‘विशाल’ र स्वागत तथा अतिथी सत्कार उपसमितीको संयोजकमा जिल्ला सदस्य सरीता तिमिल्सीनालाई चयन गरीएको छ । कार्यसमितीको बैठकले गत माघ नौ गते आयोजना गरेको बृहत भेला तथा बनभोज कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्दै कार्यक्रमको आय तथा व्ययलाई स्वीकृत गरेको छ ।

कमेन्टहरु
Loading...