प्रेस युनियनको अञ्चल भेला सम्पन्न

पोखरा ३० पुस । नेपाल प्रेस युनियन गण्डकी अञ्चल समितिको भेला सोमबार पोखरामा सम्पन्न भएको छ । अञ्चल समितिका संयोजक मिलन शर्मा दनाईको अध्यक्षतामा भएको भेलामा युनिययनका केन्द्रिय पदाधिकारी तथा सदस्यहरु, सबै जिल्लाका सभापती तथा सचिवहरुको सहभागिता रहेको थियो । भेलाले अञ्चलका ६ वटै जिल्लामा संगठन सुढ्रीणिकरण गर्ने, सबै जिल्लाको जिल्ला अधिवेशनको तयारी थाल्ने, तथा अन्य नियमित गतिविधि अघि बढाउने निर्णय गरेको छ ।

भेलामा युनियनका केन्द्रिय उपाध्यक्ष गंगाधर पराजुली, पश्चिमाञ्चल संयोजक रमेश पौडेल, मध्यमाञ्चल संयोजक दिपक आचार्य, नेपाल पत्रकार महासंघका पूर्व पश्चिमाञ्चल संयोजक रबिन्द्र बास्तोला, नेपाल प्रेस युनियन कास्कीका पूर्व अध्यक्ष हेमराज बराल, कास्कीका अध्यक्ष शिरोमणी बराल, लम्जुङका अध्यक्ष रामशरण आचार्य, स्याङजाका अध्यक्ष श्रीकृष्ण सिग्देल, अञ्चल सदस्य भवानी अधिकारी, प्रेस युनियन कास्कीका सचिव माधव रेग्मी लगायतले बोल्दै श्रमजिवी पत्रकार ऐन कार्यान्वयन गर्नु पर्ने तथा तथा संगठन सुढृणिकरणका लागि पहल गर्ने बताउनु भएको अञ्चल सचिव टंकराज अधिकारीले बताए ।

कमेन्टहरु
Loading...