नाट्टा पोखराको अध्यक्षमा पोमनारायण श्रेष्ठ

पोखरा, २४ माघ/नाट्टा क्षेत्रीय संघ पोखराको आठौ अधिवेशनबाट पोमनारायण श्रेष्ठ अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ । संघको प्रथम उपाध्यक्षमा डिल्लीप्रसाद गौतम, द्धितिय उपाध्यक्षमा हर्कबहादुर गुरुङ चयन हुनु भएको छ महासचिव र सचिवमा संजयकान्त सिग्देल र विजय गुरुङ निर्वाचित हुनु भएको छ ।

पोम नारायण श्रेष्ठ नाटा पोखराका अध्यक्ष
पोम नारायण श्रेष्ठ नाटा पोखराका अध्यक्ष

सिग्देलले ८७ मत ल्याएर विजयी हनु भएको हो भने उहाँका प्रतिष्पर्धी सुवास भण्डारी २९ मत ल्याउनु भएको थियो । त्यसैगरी सचिवमा विजय गुरुङले ७६ ल्याउनु भएको थियो भने उहाँका प्रतिष्पर्धी संगीत पौडेल ४२ मत प्रात्य गर्नुभयो ।

त्यसैगरी कोषाध्यषमा तुलसीराम पोखरेल र सहकोषाध्यक्षमा किशोर दाहाल पनि सर्वसम्मत चयन हुनु भएको छ ।सघको सदस्यहरुमा ऋिषि पौडेल, क्रितिवल्ल्भ त्रिपाठी, नवराज अधिकारी, धुव्र कुँवर, हरि अधिकारी, प्रेमराज ढुङगाना र प्रदिप काफ्ले रहनु भएको छ ।

यसअघि अधिवेशनको उद्घाटन नाट्टा केन्द्रीय अध्यक्ष डिबी लिम्बले गर्नुभएको थियो भने उत्कृष्ट स्टाफबाट लोयल ट्राभल्सका नवराज भण्डारी र ग्रिनलाइन टुर्सका गुणराज आचार्यलाई सम्मान गरिएको थियो ।

कमेन्टहरु
Loading...