पोखराका सहयोगी युवा, भोकालाई घरमै भोजन (भिडियो सहित)

पोखरा, ७ वैशाख/ पोखराका युवाहरुले विपन्नलाई निःशुल्क खाना खुवान थालेका छन् । पौरखी स्वयम सेवक समुह बनाएर खान नपाएकाहरुलाई खाना पकाएर नै घर सम्मै निःशुल्क पु¥याउदै आएका छन् ।

सडकमा बस्दै आएका, घरमा खाने कुरा नभएर भोकै बस्नु पर्ने अवस्था आएकाहरुलाई खाना पकाएरै प्याक गरेर पु¥याउने गरेका छन् । स्वयम सेवी स्वयम सेवा गर्न दिन प्रतिदिन युवाहरु थपिदै गएका छन् ।

पोखरा ७ शान्ति नगरमा रहेको शान्तिनगर व्याङक्युटमा खाना पकाउनले गरेका छन् । खाना प्याक गरेर खाना नपाएको खबर आए पनि सो ठाउँका स्थानी र जनप्रतिनिधि सगँ समन्वय गरेर खाना पु¥याउन गरेको पौरखी स्वयम सेवक समुहका जनक पराजुलीले बनाए । पहिलो चरणमा आफुहरुले नै नगद उठाएर विहान र बेलुकाको खानाको प्रबन्ध गरेको उनले बताए ।

घरमा चुल्हो बल्नै छाडेको अवस्थामा समुका सदस्यलाई टेलिफोन वा कुनै माध्यमले सम्पर्क गरे पीडित भएकै ठाउँमा खाना पु¥याउने गरेका छन् । विहान ८ बजेदेखि १० बजेसम्म साँझ ५ बजेदेखि खाना ¥याइदिने गरेका छन् । खानाका प्याकेटमा दाल, भात, अचार र तरकारी समावेश गरिएको छ । पोखरा महानगरले लकडाउन अवधिभर निःशुल्क खानाको व्यवस्था गर्ने पराजुलीले जानकारी दिए ।

यो अवधिमा कोही भोकै बस्न नपरोस् भनेर खाना खुवाउने काम थालेको उनले बताए । उनले यो कामका लागि सहयोगी दाता र सहयोगी मन सबैबाट सकारात्मक सहयोगको अपेक्षा गरेको बताए । उनीहरुले दैनिक ३ सय जनालाई खाना खुवादै आएका छन् ।

‘लकडाउनका कारण खाद्यान्न अभाव भई चुल्हो बल्ने अवस्था नभएका अति विपन्न, दैनिक ज्यालामजदुरी गर्ने वर्ग र जोखिममा रहेका व्यक्तिहरुलाई आवश्यकताका आधारमा वडा कार्यालयको समन्वयमा खाना खुवाउने व्यवस्था गर्न महानगरले समन्यको भुमिका खेलेको उनले बताए । पोखरा महानगरपालिकाले करिब २० हजार परिवारलाई हात वितरण गरि सकेको छ ।

पोखरा महानगरमा खानाको लागि ९८५६०२५४९६, ९८५६०३५०५२, ९८५६०७८६४९, ९८५६०३६१७५, ९८५६०३६७३३, ९८५६०५८२८८ मा सम्पर्क गर्न सकिनेछ ।

कमेन्टहरु
Loading...