पोखराको वडा कार्यालयको कम्प्युटर र दान बाकस चोरी

पोखरा, १ भदौ/

पोखरा महानगरपालिका वडा नम्बर १५ को कार्यालयमा गरिब, दुःखी र असहायका लागि संकलन गरिएको दान रकम नै चोरी भएको छ ।

कार्यालयको च्यानल गेटमा लगाईको ताला फोडेर कार्यालयभित्र रहेको दान पेटिका र एक थान कम्प्यूटरको मोनिटर चोरी भएको वडा अध्यक्ष प्रकाश पौडेलले जानकारी दिए ।

दान पेटिकामा ८ देखि १० हजारसम्म जम्मा भईसकेको अनुमान उनले गरे ।

मोनिटर र दान पेटिकाको रकम गरी करिब २५ हजार बराबरको क्षति भएको पौडेलले बताए ।

विहान कार्यालय खोल्न जाँदा चोरी भएको थाहा भएको थियो ।

चोरी भएको थाहा पाउने वित्तिकै वडा प्रहरी कार्यालयमा जानकारी गराईएको र प्रहरीले घटनास्थलको निरिक्षण गरी मुचुल्का उठाएको छ ।

घटनाबारे थप अनुसन्धान भईरहेको र चोरी गर्नेको खोजी भईरहेको वडा प्रहरी कार्यालयका सई पूर्ण बहादुर क्षेत्रीले जानकारी दिए ।

कमेन्टहरु
Loading...