पोखरा वडा नम्वर २१ लाई बालबालिका विद्यालय बाहिर नभएको घोषणा

पोखरा, १८ असोज / पोखरा महानगरपालिका वडा नम्वर २१ सम्पूर्ण बालबालिका विद्यालय भर्ना भएको वडा घोषणा गरेको छ । पोखरा

महानगरपालिकाका कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङले बिहीबार एक कार्यक्रमका वीच वडाका ५ देखि १२ वर्ष उमेर समूहका सम्पूर्ण

बालबालिकाहरु विद्यालय भर्ना भएको घोषणा गरीन् । वडाभित्रका ३ जना विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय भर्ना गरि विद्यालय

बाहिर नरहेको घोषणा गरिएको हो ।

घोषणा कार्यक्रमपछि गुरुङले बालबालिकालाई विद्यालयमा भर्ना भएको घोषणा भन्दा उनीहरुलाई विद्यायमा टिकाउनु चुनौतीपूर्ण रहेको बताइन् ।

घोषणा ठूलो कुरा हैन्, यसको निरन्तरता चुनौतीपूर्ण छ । बालबालिकालाई विद्यालयमा टिकाउन सवैले जिम्मेवारी र दायित्व पुरा गर्नुपर्छ ।’

काबा प्रमुख गुरुङले शिक्षा महत्वपूर्ण आधार भएको बताउदै अभिभावकहरुलाई आफना बालबालिका विद्यालय पठाउन प्रोत्साहित गनुपर्ने

बताउदै उनले आर्थिक रुपमा विपन्न अभिभावकलाई महानगरले सिप सिकाएर आत्मनिर्भर बनाउन प्रयास गर्ने बताइन् ।

महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख हेमप्रसाद आचार्यले स्थानिय तहलाई आधारभुत शिक्षाको जिम्मा संविधानले दिएको

बताउदै विद्यालय बाहिर महानगरका बालबालिका रहन नहुने र घोषणालाई निरन्तरता दिन सवैको सहयोग आवश्यक रहने बताए ।

बालमैत्री कक्षा र सुचना प्रविधिमा आधारित शिक्षा हुनुपर्नेमा जोड दिए ।

वडा नम्वर २१ का वडा अध्यक्ष खगराज आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमालेका वडा कमिटि अध्यक्ष कृष्णबहादुर थापा,

नेपाली काँग्रेसका वडा सभापति केवल गिरी, नेकपा माओबादी केन्द्रका वडा कमिटि अध्यक्ष प्रकाश पौडेल, जनचेतन माविका प्रधानाध्यापक

निर्मलबहादुर अधिकारी, विद्यालय ब्यवस्थापन समितिका अध्यक्षका तर्फबाट चन्द्रबहादुर पौडेल, लगायतले वडाका बालबालिकालाई

विद्यालय भर्ना गराउने अभियानमा सहयोग र साथ रहने प्रतिबद्धता ब्यक्त गरे ।

कमेन्टहरु
Loading...