पोखरा १३ लाई स्मार्ट वडा बनाउन सिसि क्यामेरा जडान

पोखरा, २८ मंसिर / नमूना वडा बन्दै गरेको पोखरा महानगरपालिका वडा नम्बर १३ को वडा कार्यालयले वडा भित्रका विभिन्न ८ स्थानमा सिसि क्यामेरा जडान गरेको छ । शान्ती सुरक्षा र सुव्यवस्थालाई सुदृढ वनाउन वडा नं १३ प्रवेस गर्ने विभिन्न आठवटा नाकामा स्टार लाईट सिसि क्यामेरा जडान गरिएको वडाध्यक्ष लेखवहादुर तामाङ (दर्शन लामा) ले वताए ।

पोखरा महानगरपालिकाले अगाडी सारेको स्मार्ट सिटीको अवधारणालाई कार्यान्वयनमा ल्याउन सिसि क्यामेरा जडानले सहयोग पुग्ने विश्वास वडा कार्यालयले लिएको छ । पहिलो चरणमा वडा भित्रका व्यस्त शडक तथा सम्वेदनशिल ठाउहरु गौंडाको मूख, माछापोखरी, मिया पाटन, विपि मार्ग स्थित ढुंगे साँघु, मस्जीद चोक र वडा कार्यालय अगाडी सात लाख १५ हजार रुपैयाको लागतमा क्यामेरा जडान गरिएको हो ।

आगामी दिनमा वडा भित्रका महत्वपुर्ण सार्वजनीक स्थल, शडक सवै ठाउमा टोल विकास सस्थासँग समन्वय गरेर सिसि क्यामेरा जडान गर्ने लक्ष रहेको वडाध्यक्ष तामाङले बताए ।

रातको समयमा समेत दृष्य कैद गर्ने सिसि क्यामराको मनिटरीङ नेपाल प्रहरीको भद्रकाली सिआर भी प्रहरी विट र वडा कार्यालयमा राखिएको छ । वडा नं १३ लाई स्मार्ट वडा वनाउनका लागी यस अघि वडा कार्यालयले वडा भित्रका नागरिकको सम्पुर्ण तथ्याङक रहने गरी स्मार्ट कार्ड वितरण कार्य सुरु गरीसकेको छ ।

कमेन्टहरु
Loading...