पोखराको पुरानो टुडिखेलमा तीज मेला सुरु

पोखरा ११ भदौ / “हाम्रो सस्कृति हाम्रो पहिचान, लोपउन्मुख सस्कृति जोगाउने हाम्रो अभियान” भन्ने नाराका साथ पोखरा महानगरपालीका १ स्थित पुरानो टुडिखेलमा बुधबार देखी “वाईवाई तीजमेला–२०७६” सुरु भएको छ ।

इन्द्रेणी एकिकृत विकास केन्द्र र पुष्पाञ्जली इभेन्ट म्यानेजमेन्ट प्रालीको सहकार्य र चौधरी ग्रुपको उत्पादन वाईवाई चाउचाउको मुख्य प्रायोजनमा सुरु मेला १७ भदौसम्म चल्नेछ । मेलाको राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिम्सिनाले उद्घाटन गरेका थिए ।

नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज २०७६ को अवसरमा पारि आयोजना गरिएको मेलाको उदेश्य ऐतिहासिक महत्व वोकेको पुरानो टुखिेलको संरक्षण सैग संरक्षणका लागि सरोकारवाला निकायलाई दवाव सृजना गर्नु र ईन्द्रेणीले संचालन गदै आएको फुटवल एकेडेमी संचालनको लागि सहयोग जुटाउने समेत रहेको छ । एकेडेमीमा हाल ५० जना वालवालिका रहेका छन् भने उनिहरुलाई ३ जना प्रशिक्षकले प्रशिक्षण दिदै आएका छन् ।

मेलाउद्घाटन हुनु पुर्व विभिन्न जात जाती, आमा समुह, संघ संस्था लगायतको सहभागितामा पुरानो टुडिखेलवाट र्याली सुरु भएको थियो । र्याली सिम्पानी चोक, माछापुच्छ्रे बैक चोक, पृथ्वीनारायण क्यापस गेट, बगर, बागवजार हुदै पुनः टुडिखेलमा आएर सम्पन्न भएको थियो ।

मेलामा दैनिक उपभोग्य सामान, कृर्षि, हस्तकला, बैक तथा वित्तिय सस्था, लत्ता कपडा सगै रेष्टुरेन्ट लगायतका गरि ६२ वटा स्टलहरु सगै वाल उद्यान समेत राखिएको छ ।
प्रबेश निशुल्क रहेको मेलामा १२ गतेदेखी खुल्ला मौलिक तीजगीत प्रतियोगिता, १४, १५ र १६ गते गृहणी नृत्य प्रतियोगिता, १५ भदौमा टपरि गास्ने प्रतियोगिता, १४ भदौमा गण्डकी प्रदेश स्तरिय छेलो प्रतियोगिता समेत हुने छ ।

मेलाको उद्घाटन पछि वोल्दै अध्यक्ष तिम्सिनाले आफु पोखराको पृथ्वीनारायण क्याम्पसमा अध्ययन गर्दाको समयको स्मरण गदै त्यस वेलाको पुरानो टुँडीखेल र हालको टुँडीखेलको अवस्थामा धेरै फरक पाएको बताए । हाल टँुडीखेल चारै तिरवाट अतिक्रमणमा परेको भन्दै उनले टुाडीखेललाई परानै अवस्थामा फर्काउन सबैले आफ आफनो क्षेत्रवाट पहल सगै आवश्यक काम गर्न उनको आग्रह थियो ।

विगतमा तिजलाई महिलाहरुले आफनो आक्रोस, पिडा, गुनासो र व्यथा पोख्ने चार्डको रुपमा मनाउदै आएकोमा हाल भने आफनो अधिकार सगै महिला सशक्तिकरणक कुरा उठाउने चार्डको रुपमा मनाउने गरिएको भन्दै खुुसी ब्यक्त गरे ।

हाल तिज भड्कीलो र खर्चिलो बन्दै गएको भन्दै उनले यस्ता काम रोकिनु पर्नेमा जोड समेत दिएका थिए । अव महिलाहरुले आफु सबै कुरामा सक्षम छौ भनी आफुलाई विकास गर्नु पर्ने र अवको एक दुई दशक पछि हामिलाई आरक्षण चाहिदैन भन्न सक्ने गरि क्षमता र व्यक्तित्व विकास गर्र्न आग्रह समेत उनको थियो । आरक्षणले मानिसलाई कम्जोर वनाउने भएकाले महिला मात्र नभएर सवै समुदायले आफुलाई आरक्षण चाहिदैन भन्ने गरि आफुलाई प्रस्तुत गर्न सुक्नु पर्ने सुझाव समेत उनको थियो ।

कार्यक्रममा यस क्षेत्रको शिक्षा विकासमा महत्वपुर्ण भुमीका खेलेको भन्दै मरणोप्रान्त भोलानाथ पराजुली र गित संगितको क्षेत्रमा उतकृष्ट काम गरेको भन्दै गायीका बाबा राणालाई सम्मान गरिएको थियो ।

पुष्पाञ्जली इभेन्ट म्यानेजमेन्ट प्रालीका अध्यक्ष शोभा गौतमको सभापतित्वमा भएको कार्यक्रममा प्रतिनिधी सभा सदस्य दृर्गा विक, गण्डकी प्रदेश सभा सदस्यहरु दिपक कोईराला, विन्दुकुमार थापा, गायत्री गुरुङ,ईन्द्रेणीका अध्यक्ष भानुभक्त अधिकारी, संस्थापक अध्यक्ष राजेन्द्ररमण पराजुली, ईन्दे्रणीकी सचिव विनाका शर्मा, पोखरा १ की अध्यक्ष शारदा पराजुली, आमा समुह समन्वय समिति पोखरा १ की संयोजक राधा वराल अधिकारी, टोल विकास संस्था समन्वय समिति पोखरा १ का अध्यक्ष चन्द्र बहादुर गुरुङ, चौधरी ग्रुपका सिनियर माकेटिङ म्यानेजर सुरेन्द्र खनाल लगायतले आ आफनो भनाई राखेका थिए ।

कमेन्टहरु
Loading...