पोखरा- गुल्मीको रिडी जोड्ने सडकलाई बजेट, स्थानियमा खुसी

गणेश रामदाम
पोखरा, २० जेठ/ आर्थिक बर्ष २०७७/०७८ को संघ सरकारले पोखराबाट गुल्मीको रिडी जोड्ने सडकका लागि बजेट बिनियोजन गरेको छ ।

गण्डकी प्रदेशको पोखराबाट पामे– ठुलाखेत – भदौरे– राम्जा–आर्थर–कार्किनेटा–लुंखु–त्रिबेणी–सेतीबेणी हुदै प्रदेश नम्बर ५ गुल्मीको रिडी जोड्ने सडक केन्द्रिय बजेटमा परेपछि सडक खण्ड अन्तर्गतका स्थानीयहरुले बेलैमा काम थालेर सक्नु पर्नेमा बताएका छन् ।

स्थानीयले आफूहरुले उत्पादन गरेको स्थानीय उत्पादनलाई बजार सम्म लैजान सहज हुने भन्दै पोखरा २३ का चैनपुरका कृषक खेम विश्वकर्माले खुशी ब्यक्त गरे ।

पोखरा महानगरपालिका वडा नम्रब २३ का वडा अध्यक्ष बिष्णु प्रसाद पराजुलीले पनि धेरै जिल्लासंग जोडिएको सडक भएकोले सडक खण्ड अन्तर्गतका स्थानीयहरुले आर्थिक स्तरोन्नती गर्न सहज हुने बताए ।

कास्की स्याङ्जा पर्वत हुदै गुल्मीको रिडी जोड्ने सडक करिब पोखरा २३ ठुलाखेतबाट शुरु भई १०५ किलोमिटरको हुने छ ।

यो सडक दुई प्रदेश मात्र जोड्ने नभई सडक खण्ड अन्तर्गतका स्थानीयहरु पर्यटकीय क्षेत्रलाई समेत जोड्ने छ ।

 

कमेन्टहरु
Loading...