पोखरामा सडक सुरक्षा सप्ताहमा निबन्ध प्रतियोगितामा गुप्ता प्रथम

पोखरा, २ जेठ /पोखरामा सडक सुरक्षा सप्ताह सम्पन्न भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की र नेपाल रेडक्रस सोसाईटी कास्की शाखाको संयुक्त आयोजनामा सप्ताह भएको हो ।

यस अवधिमा पोखराका विभिन्न समुदाय, सवारी चालक, पैदल यात्रु एवम् सडक प्रयोगकर्ताहरुलाई प्रशिक्षण प्रदान गर्नुका साथै चेतनामुलक पम्पलेट वितरण गरिएको थियो । यसका लागि रेडक्रसका स्वयम सेवक र ट्राफिक प्रहरी गरि करिव १ सय ४० जना खटिएका थिए ।

कार्यक्रमको समापन गर्दै कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी झलकराम सुवेदीले दुर्घटना न्यूनिकरणका लागि समुदायस्तरबाटै सचेतना जगाउन आवश्यक पर्ने बताउनुभयो । पृथ्वीराजमार्ग बस सञ्चालक समितिका महासचिव योगेन्द्र बहादुर केसीले सवारी दुर्घटनाको ८० प्रतिशत कारण सडक प्रयोगकर्ताका कारण हुने भएकाले सरोकारवाला सबैको उत्तिकै जिम्मेवारी रहेको उल्लेख गर्नुभयो । सोहि अवसरमा सवारी दुर्घटनाबाट ज्यान गुमाउनेको सम्झनामा दिप प्रज्ववलन गरिएको थियो ।

नेपालमा दैनिक ५ देखि ७ जनाले सवारी दुर्घटनाले ज्यान गुमाउने गरेको तथ्यांक छ । सप्ताह अन्र्तगत आयोजित विद्यालयस्तरीय निबन्ध प्रतियोगितामा सृजना आवासीय उच्च माविकी सेजल गुप्ता प्रथम, गोगन उच्च माविका विशाल गोदार द्धितीय, सृजना आवासीय उच्च माविका सरोज गिरी तृतीय र माछापुच्छ«े उच्च माविकी अमृता अधिकारी सान्त्वना हुन सफल भए । उनीहरुले क्रमशः ३ हजार, २ हजार, १ हजार र ५ सय रुपैया प्राप्त गरेका छन् ।

सडक प्रयोगकर्ता, चालक, सहचालक लगायत सरोकारवाला सबै निकायलाई ट्राफिक नियमको वारेमा सचेतना दिलाउने उद्देश्यले बार्षिक रुपमा ट्राफिक सप्ताह मनाईदै आएको छ । ट्राफिक सप्ताह अन्तर्गत शनिवार पोखरा ८ र पोखरा–१४ का समुदायलाई प्राथमिक उपचार र ट्राफिक कक्षा सम्पन्न भयो । जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख प्रहरी निरिक्षक विश्वराज अधिकारीले बढ्दै गएको सवारी दुर्घटना न्यूनिकरण गर्नको लागि ट्राफिक सप्ताह महत्वपूर्ण रहेको बताउनुभयो ।

उहाँले सवारी चालकलाई सचेत गराउदै सडक प्रयोगकर्तालाई सचेतना दिलाउन पनि सप्ताहको आयोजना गरिएको जानकारी दिनुभयो । रेडक्रस कास्कीका सभापति बामदेव ढुङ्गानाको सभापतित्वमा भएको कार्यक्रममा मन्त्री कृष्ण तिमिल्सीनाले सञ्चालन गर्नुभएको थियो । सप्ताहको गण्डकी अञ्चल प्रहरी प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक महेन्द्र पोखरेलले उद्घाटन गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...