पोखरा इन्जिनियरिङ्गमा रोबोेटिक्स र क्यापेक क्लव गठन

पोखरा, १६ भदौ /पोखरा इन्जिनियरिङ्ग कलेज पोखरा–८, फिर्केमा रोबोटिक्स र क्यापेक गठन भएको छ । इलेक्ट्रोनिक एण्ड कम्युनिकेशनका विद्यार्थीहरुलाई समेटेर रोबोटिक्स क्लव गठन भएको छ भने कम्प्युटर इन्जिनियरिङ्गका विद्यार्थीहरुलाई समेटेर क्यापेक गठन भएको छ ।

पोखरा इन्जिनियरिङ्गमा रोबोेटिक्स र क्यापेक क्लव गठन
पोखरा इन्जिनियरिङ्गमा रोबोेटिक्स र क्यापेक क्लव गठन

क्लवमा छनोट गर्न क्रमश इलेक्ट्रोनिक इन्जिनियरिङ्गको सम्भावना र चुनौति साथै सुुचना प्रविधिको सम्भावना र चुनौति शिर्षकमा विद्यार्थीहरुलाई प्रस्तुति गर्न लगाइएको थियो । इलेक्ट्रोनिक्स र कम्प्युटर इन्जिनियरिङ्गका एचवो डि ई. सुरज तुलाचन, रिसर्च एण्ड डेभलभमेन्टका हेड ई. सरोज गिरी र ई.अनुज शेरचनको टोलीले ६÷६ जना सदस्य रहने गरी प्रदिप शर्माको संयोजकत्वमा रोबोटिक्स क्लव साथै विनय सुवेदीको संयोजकत्वमा क्यापेक गठन गरेको हो ।

विगत लामो समय देखि अस्त व्यस्त रहेका क्लवहरु गठन भएकोमा कलेजलाई धन्यवाद व्यक्त गर्दै यसले विद्यार्थीहरुको प्राविधिक कला र क्षमतालाई स्तर उन्नती गराई दक्ष इन्जिनियर बनाउन मद्दत गर्ने भएकोले यस्ता क्लवहरुलाई कलेजले संरक्षण र प्रोत्साहन गर्नु पर्ने अनेरास्ववियु पोखरा इन्जिनियरिङ्ग कलेजका सचिव प्रदिप पोख्रेरले जनाउनु भयो ।

कमेन्टहरु
Loading...