पोखरा देश कै ठुलो सहर, जनसख्या ४ लाख बढि (कुन वडामा कति सहित)

पोखरा, ६ साउन/स्थानीय तह पुर्नसंरचान पछि पोखरा देश कै ठुलो सहर बनेको छ । पोखरा उपमहानगर पालिका, लेखनाथ नगरपालिका र केही गाविस समेटेर बनेको पोखरा लेखनाथ महानगरपालिका देश कै ठुलो सहर बनेको हो ।

क्षेत्रफलका आधारमा काठमाडौ, ललितपुर, भरतपुर र विराटनगर महानगरपालिकालाई पछि पार्दै पोखरा ठुलो सहर बनेको हो । जनसंख्याका आधारमा भने काठमाडौ अगाडी रहेको छ । पोखरालेखनाथ महानगरपालिकाको क्षेत्रफल ४६४ दशमलव २४ वर्गकिमि छ भने भरतपुर महानगर पालिकाको ४३२ दशमलव ९५ वर्गकिमि रहेको छ ।

त्यसै गरि काठमाडौको ४९ दशमलव ४५ र ललितपुर महानगर पालिकाको ३६ दशमलव १२ वर्गकिमि रहेको छ । जनसंख्यामा काठमाडौको ९,७५,४५३, पोखराको ४,१४,१४१, ललितपुरको २,८४, ९२२ र भरतपुरको २,८०,५०२ रहेको छ । महानगरको वडामा पनि पोखराको सबै भन्दा बढि ३३ रहको छ । त्यसै गरि काठमाडौको ३२, ललितपुर र भक्तपुरमा २९र २९ वटा रहेका छन् ।

मन्त्रिपरिषदको फागुन २२ को निर्णय फागुन २७ मा राजपत्रमा प्रकाशित भएपछि स्थानीय तह ४ महानगरसहित ७ सय ४४ स्थानीय तहको कार्यान्यन भएको छ । कास्कीमा १ महानगरपालिका र ४ वटा गाउँपालिका छन् । कास्कीमा पोखरा लेखनाथ महानगरपालिका, रुपा, मादी, माछापुच्छुे र अन्नपूर्ण गाउँपालिका बनेका छन् ।

पोखरा लेखनाथ महानगरपालिकामा पोखरा उपमहानगर, लेखनाथ नगरपालिका, मौजा, चापाकोट, कास्कीकोट र पुरन्चौर गाविस, भदौरे तामागीका ९३,९०, माझठानाका ९१,४–९०, कालिकाका ९१–५० नम्बर वडा समेटीएका छन् ।

के छ पोखरा महानगरपालिमा
विश्वविद्यालयः १
उमावि र क्याम्पसः १५६
स्वास्थ्य संस्थाः ६१
कृषि सेवा केन्द्र ८
पशुसेवा केन्द्र ४
सडक लम्बाइः ५४६ किमी
कालोपत्रेः १२४
ग्राभेलः १०७
कच्चीः ३१५
तालः ८ वटा
गुफाः ३ वटा

कुन वडा कति जनसंख्या

कमेन्टहरु
Loading...