पोखराको पालिखेचोकका घर भत्काउन सुरु (भिडियो सहित )

पोखरा, १७ साउन /पोखरा महानगरपालिकाको व्यस्त र सुघुरो बजार पालिखेचोकमा रहेका सडक मापदण्डभित्रका घर भत्काउन थालिएको छ । वडा कार्यालय र महानगरको संयुक्त पहलमा घरधनीलाई मुवजा दिएर घर भत्काउने कामको थालनी भएको हो ।

बिहीबार बसन्त उदास, मिश्री उदास र दुधमान उदासको नाममा रहेको जग्गाभित्रको दुईतले घर भत्काईएको हो । वडा ४ का वडाध्यक्ष शंकर बास्तोलाको नेतृत्वमा गठन भएको समितिले उनीहरुलाई चित्तबुझ्दो मुआब्जा दिएरै घर भत्काएको हो ।

त्यस क्षेत्रमा ४ वटा घर पर्दछन् । जग्गाधनीमध्ये २ परिवारले मुआब्जा बुझिसकेका छन् भने २ जनाले निवेदन दिएका छन् । पहिलो चरणमा उदास परिवारको घर भत्काईएको र बाँकी रहेका घरहरु पनि १५ दिनभित्रै भत्काईसक्ने वडाध्यक्ष बास्तोलाले बताए । उनले टेलिकमको बुथ अन्यत्रै सानु पर्ने भएकाले सारी सके पछि भत्काउने बताए ।

तत्कालीन अञ्चलाधिष शंकरराज पाठककै पालामा पालिखेचोकका घर भत्काउने प्रयास भएको जानकारहरु बताउँछन् । तर स्थानीयको अवरोधले काम हुन सकेको थिएन । त्यसपछि पनि नगरविकास समितिले धेरै पटक प्रयास गरेको थियो । पोखरा नगरपालिकादेखि उपमहानगरका जनप्रतिनिधीको प्रयास पनि सफल भएन । तर अहिले भने जनप्रतिनिधीको काममा स्थानीयले पनि सहयोग गरे ।

व्यस्त तर साघुरो बजार पालिखेचोकको घर भत्काउन सुरु

व्यस्त तर साघुरो बजार पालिखेचोकको घर भत्काउन सुरु

Posted by Ganthan.com on Thursday, August 2, 2018

कमेन्टहरु
Loading...