पोखराको पर्स्याङमामा दुर्घटना

पोखरा, १ पुस /पोखरा लेखनाथा महानगरपालिकाको पर्स्याङमा दुर्घटना भएको छ । दुर्घटनामा परि १ जना गम्भीर घाइते भएको छ । घाईतेको अवस्था चिन्ताजनक छ । परिचय नखुलेका घाईतेलाई मणिपाल अस्पताल लगिएको छ ।

ग १ ख ५८८२ नंं को ट्रकले विपरित दिशाबाट आईरहेको ग ५ प ९७०७ नं को मोटरसाईकललाई ठक्कर दिंदा दुर्घटना भएको हो । आक्रोसित स्थानीयले ट्रक तोडफोड गरेका छन् । सडकमा डिभाईडर नराखिएका कारण दिनहुँ दुर्घटना हुने गरेको स्थानीय बताउँछन् ।

कमेन्टहरु
Loading...