पोखराको न्युरोडमा रहेको कुर्था पसलमा आगोलागि

पोखरा, २३ वैशाख/पोखराको न्युरोडमा रहेको एक कुर्थापसलमा आगोलागि भएको छ । गएराति भएको आगालागिबाट पसलमा भएका सबै सामान र केही नगद समेत जल्दा ठुलो क्षती भएकोे सचांलकले बताएका छन् ।

पोखरा ट्रेडमलको नजिक रहेको कमिसा कुर्था पसलमा आगोलागि भएको हो । राति करिव ११ बजेको समयमा पसलमा आगो लागेको थाहा भएपछि दमकल बोलाईको भएपनि कुनैपनि सामान जोगाउन नसकीएको प्रहरीले जनाएको छ ।

आगोलागिको एकिन कारण थाहा नभएपनि बिद्युत सर्ट भएर आगो लागेको हुनसक्ने अनुमान गरिएको छ । परिबारमा कमाई गर्ने अन्य सदस्य नभएको पसल सञ्चालक कमला पुरीको बाच्ने साहारा बनेका एक मात्र पसल जलेर नष्ट भएपछि उनि अचेत अबस्थामा छिन ।

एक छोरी र उनले त्यही पसलबाट गुजारा चलाउदै आएका थिए ।

कमेन्टहरु
Loading...