पोखराका मापदण्ड विपरीतका भवनलाई वैधानिकता दिन विधेयक (यस्तो छ विधेयक)

पोखरा, ८ माघ / पोखरा महानगरपालिकाको जारी छैटौं नगरसभामा पोखरामा निमार्ण भएका मापदण्ड विपरीतका भवनलाई बैधानिकता दिने गरी विधेयक प्रस्ताव गरेको छ । पोखरा महानगरपालि भित्र निर्माण भइसकेका तर सम्पन्नताको प्रमाणपत्र नलिएका भवनहरुलाई मापदण्डमा लिन विधेयक प्रस्ताव गरेको हो ।

महानगरमा निवेदन दिएका घरधनीले ५ तला वा सोभन्दा माथिका भवनको वैधानिकता प्राप्त गर्न सक्ने कार्यविधिमा उल्लेख छ । भवन नियमित तथा अभिलेखीकरण सम्बन्धी व्यवस्था ऐनले भवन निर्माण सम्बन्धी आधारभूत मापदण्ड २०७२ अनुसार दफा १३.७ अनुसार मुख्य बजार क्षेत्रमा जोडिएका भवनलाई ५ तलासम्म अभिलेखीकरण गर्ने र त्यसभन्दा माथि भएमा स्ट्रक्चरल रिपोर्टको साथै स्ट्रक्चरल इन्जिनियरको प्रतिबद्धता पेश गरेमा भवन निर्माण सम्पन्न अभिलेखीकरण प्रमाण पत्र दिने व्यवस्था छ ।

रिपोर्ट नभएको अवस्थामा महानगरपालिका आवश्यक परेको बेलामा भत्काउन सक्ने गरी कबुलियतनामा गरेपछि मापदण्ड अनुसार नभएको भनि अभिलेखीकरण गर्ने उल्लेख छ ।

२०७२ साल बैशाख १२ पछि निर्माण स्वीकृति नलिईकन घर निर्माण गरेकालाई हालको तोकिएको मापदण्ड एवं भवन आचार संहिता पालन गरेको भवनहरुको हकमा भने तेब्बर दस्तुर लिई भवन निर्माण सम्पन्न अभिलेखीकरण प्रमाणपत्र दिईने व्यवस्था ल्याएको छ ।

पहिले स्वीकृति तथा सम्पन्न प्रमाणपत्र प्राप्त गरेका भवनहरुलाई डिजाईन परिवर्तन वा सवलीकरण (रेट्रोफिटिङ) गर्नुपरेमो रेट्रोफिजिङ डिजाईन पेश गरी प्राविधिबाट स्थलगत निरिक्षण गर्दा साविक लम्बाई र चौडाई ठिक देखिएमा मात्र महानगरले निर्धारण गरेको प्रचलित दस्तुर लिई भवन स्वीकृति प्रदान गर्ने जनाएको छ ।

पोखराको पर्यटकीय केन्द्र वडा ६ र १८ स्थित हल्लनचोकदेखि पामे जाने सडक खण्डको खहरेमा उत्तरतर्फ बनेका भवनलाई वैधानिकता दिने र नयाँ स्वीकृतिसमेत प्रदान गरिने भएको छ । उक्त क्षेत्रमा फेवातालको ६५ मिटर मापदण्ड कायम रहने कार्य्विधिमा उल्लेख छ ।

साविक गाविस, उपमहानगर र नगरपालिकाकामा बनिसेकका भवनको सडक मापदण्ड छाडी निर्माण भएका भवनलाई स्वीकृत दिइनेछ । डिजाइन परिवर्तन वा सबलीकरण गर्नुपरेमा प्राविधिक जाँचपछि मात्र महानगरले स्वीकृत दिने व्यवस्था कार्यविधिमा राखिएको छ ।

यस्तो छ विधेयक

पोखरा महानगरपालिका भवन नियमित तथा अभिलेखिकरण सम्वन्धि
कार्यविधि २०७६
पोखरा महानगरपालिका क्षेत्रभित्र निर्माण भएका, तला थप तथा अन्य भवनहरुको नियमित तथा
अभिलेखिकरण गरि निर्माण सम्पन्नताको प्रमाण–पत्र जारी गर्ने कार्यलाई सरल,व्यवस्थित र थप
प्रभावकारी बनाउन नगर सभाबाट पारित भवन नियमित तथा अभिलेखिकरण सम्वन्धी, कार्यविधि २०७६
लागु गरिएकोछ ।
परिच्छेद – १
प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भ ः (१) यस कार्यविधिको नाम “पोखरा महानगरपालिका भवन नियमित तथा
अभिलेखिकरण सम्बन्धी कार्यविधी, २०७६” रहेकोछ ।
(२) यो कार्यविधि तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषा ः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमाः–
(क) “आवश्यक कागजात” भन्नाले भवन अभिलेखिकरण गर्न पेश गर्नुपर्ने भवन सम्वद्ध कागज
प्रमाणलाई सम्झनुपर्दछ ।
(ख भ्द्यएक् भन्नाले अनलाइनको माध्यमबाट भवन निर्माण अनुमति दिने भ्भिअतचयलष्अ द्यगष्मिष्लन
एभचmष्त क्थकतझ लाई सम्झनुपर्दछ ।
(ग) “एकाघरको व्यक्ति” भन्नाले नक्सावालासँग एकासंगोलमा बस्ने परिवारका अन्य सदस्यलाई सम्झनु
पर्दछ ।
(घ) “डिजाइनर” भन्नाले पोखरा महानगरपालिकामा दर्ता भएका भवनको नक्सा डिजाइन गर्न अनुमति
प्राप्त डिजाइनर÷ कन्सल्टेन्टलाई सम्झनु पर्दछ ।
(ङ) “तत्कालीन मापदण्ड” भन्नाले भवन निर्माण गर्न अनुमति लिएको मिति वा भवन निर्माण गरेको
मितिमा लागू भएको भवन निर्माण सम्बन्धि मापदण्डलाई सम्झनुपर्दछ ।
(च) “भवन नियमित तथा अभिलेखिकरण” भन्नाले आफ्नो हक भोग र स्वामित्वको जग्गामा निर्माण
भैसकेको भवनको नापजाँच गरी नियमित÷अभिलेखिकरण गर्ने कार्य लाई सम्झनुपर्दछ ।
(छ) “नगर कार्यपालिका” भन्नाले पोखरा महानगरपालिका, नगर कार्यपालिकालाई सम्झनुपर्दछ ।
(ज) “भवन नियमित तथा अभिलेखिकरणसम्पन्न प्रमाणपत्र” भन्नाले भवन नियमित तथा अभिलेखिकरण
सम्पन्न भएको प्रमाणित गर्नेप्रमाणपत्रलाई सम्झनुपर्दछ ।
(झ) “प्रारम्भिक प्राविधिक प्रतिवेदन” भन्नाले प्राविधिकबाट भवन निर्माण भएको स्थलकोअवलोकन,
नापजाँच गरी पेश गरेको स्केच वा लिखित व्यहोरा वा आवश्यकतानुसार दुवै प्रकृतिको विवरण
उल्लेखित प्रतिवेदनलाई सम्झनुपर्दछ ।
(ञ) “प्रमुख” भन्नाले पोखरा महानगरपालिकाको प्रमुखलाई सम्झनुपर्दछ ।
(ट) “मापदण्ड” भन्नाले पोखरा महानगरपालिका भवन निर्माण सम्बन्धि तत्कालीन मापदण्ड
सम्झनुपर्दछ ।
(ठ)“प्रमुख प्रशासकीय अधिकृत” भन्नाले पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतलाई
सम्झनु पर्दछ ।
(ड) “महानगरपालिका” भन्नाले पोखरा महानगरपालिकालाई सम्झनु पर्दछ ।
(ढ) “वडा अध्यक्ष” भन्नाले सम्बन्धित वडाको वडा अध्यक्षलाई सम्झनु पर्दछ ।
(ण) “वडा समिति”भन्नाले सम्बन्धित वडाको वडा समितिलाई सम्झनु पर्दछ ।
(त) “सभा” भन्नाले पोखरा महानगरपालिकाको नगर सभालाई सम्झनु पर्दछ ।
(थ)“सर्जमिन” भन्नाले भवन निर्माण सम्बन्धमा सम्बन्धित जग्गा, बाटो, संधियार आदि विषयमा
सम्बन्धित वडाका जनप्रतिनिधिको रोहवरमा कम्तीमा ५ जना स्थानीयको स्पष्ट भनाइ समावेश गरी
गरिएको कागज सम्झनु पर्दछ ।
(द)“श्रेस्ता” भन्नाले भवन निर्माणसँग सम्बन्धित जग्गाको अभिलेखलाई सम्झनु पर्दछ ।

परिच्छेद –२
भवन नियमित तथा अभिलेखिकरण सम्बन्धी व्यवस्था
१) स्थानिय सरकार ऐन २०७४ मा उल्लेख भए अनुसार नक्सा पास सम्वन्धी विशेष व्यवस्थामा एक
पटक सुचना निकाली अभिलेखिकरण गर्न सकिने भन्ने व्यवस्था भएकोमा एक पटक सुचना निकाल्दा
भवन नियमित र अभिलेखिकरणमा केहि निवेदन मात्र पर्न आएकोले अधिकांश भवनहरु नियमित
गर्नुपर्ने भएको हुदा तिन महिनासम्म म्याद राखी पूनः सुचना प्रकाशित गरी भवनहरुलाई नियमित र
अभिलेखिकरण गरिनेछ ।
२) ४ वर्ष नाघेका ३ तलासम्म अस्थाई निर्माण स्वीकृती लिई आंशीक सम्पन्न लिएका वा सम्पन्न
नलिएका तत्कालिन सडक मापदण्ड पुरा गरेका भवनहरुका हकमा तेव्वर दस्तुर लिई भवन निर्माण
सम्पन्न अभिलेखिकरण प्रमाण पत्र स्वीकृत दिने ।
३) मुख्य बजार क्षेत्रमा दुबैतर्फ टासेर भवन निर्माण गर्न दिने भन्ने शहरी योजना तथा भवन निर्माण
सम्बन्धी आधारभुत मापदण्ड २०७२ को दफा १३.७ अनुसार ५ (पाच) तला सम्म स्वीकृती प्रदान गर्न
सकिने भन्ने प्रावधान भएको हँुदा हाललाई मुख्य बजार क्षेत्रमा जोडिएका भवनलाई ५तला(१७
मिटर)सम्म अभिलेखिकरण गर्ने र सो भन्दा माथी भएमा क्तचगअतगचब िच्भउयचत का साथै
क्तचगअतगचब िभ्लनष्लभभच को प्रतिवद्घता पेश गरेमा भवन निर्माण सम्पन्न अभिलेखिकरण प्रमाण
पत्र दिने क्तचगअतगचब िच्भउयचत नभएमा महानगरले आवश्यक परेको वेलामा भत्काउन सक्नेछ
भनि कबुलियतनामा गरेपछि मात्र मापदण्ड अनुसार नभएको भनी अभिलेखिकरण गर्ने ।
४) २०७२ वैशाख १२ गते भुकम्प पछि निर्माण स्वीकृती नलिईकन घर निर्माण गरेका हालको तोकिएको
मापदण्ड एवं भवन आचार संहिता पालना गरेका भवनहरुको हकमा तेव्वर दस्तुत लिई भवन
निर्माण सम्पन्न अभिलेखिकरण प्रमाण पत्र दिने ।
५) साविक गाँउ विकास समिति हुँदा स्वीकृत नलिकन निर्माण भएका भवनहरुको हकमा तत्कालिन
मापदण्ड लागु भएको भए मापदण्ड पुगेका र मापदण्ड लागु नभएकाको हकमा वडा कार्यलयको
शिफारिसमा हालको प्रचलित दस्तुरमै भवन निर्माण सम्पन्न अभिलेखिकरण प्रमाणपत्र दिने ।
६) सावीक लेखनाथ नगरपालिका र पोखरा उप–महानगरपालिकाको सम्पन्न प्रमाण पत्र लिनु नपर्ने
समयका (पोखरा उप–महानगरालिकामा–आ.व. २०५०।०५१ भन्दा अगाडी र लेखनाथ नगरपालिकामा
२०५८÷०५९ भन्दा अगाडी) भवनहरुको हकमा सो समयमा भएको सडक मापदण्ड छाडी निर्माण
भएकालाई सोही स्वीकृत कागजातलाई नै स्वीकृत प्राप्त तलासम्म सम्पन्न प्रमाणपत्र सरह मान्ने ।
७) ९”×९” र १२”×९”का भवनहरुको तला थप्ने हकमा भूई तलाको मात्र नक्शापास गरेको तर सो
माथी आंशीक वा पुरा पहिलो तला र दोस्रो तला निर्माण गरेको अवस्थामा तेव्बर दस्तुर लिई भवन
निर्माण सम्पन्न अभिलेखिकरण प्रमाण पत्र दिने ।
८) पहिले स्वीकृत तथा सम्पन्न प्रमाण पत्र प्राप्त गरेका भवनहरुलाई डिजाईन परिवर्तन वा सवलिकरण
९च्भतचयाष्ततष्लन०गर्नु परेमा च्भतचयाष्ततष्लन म्भकष्नल पेश गरी प्राविधिकबाट स्थलगत निरीक्षण
गर्दा साविक लम्वाई र चौडाई ठीक देखिएमा मात्र महानगरले निर्धारण गरेको प्रचलित दस्तुर लिई
स्वीकृत प्रदान गर्ने ।
९) पोखरा वडा नं. ६ र १८ मा हल्लनेचोक देखि पामे जाने सडकमा पर्ने खहरेमा सडकको उत्तरतर्फ
बनेका भवनहरुलाई नियमित, अभिलेखिकरण र नयाँ स्वीकृत प्रदान गर्ने । सो ठाउँमा स्वीकृत प्रदान
गर्दा फेवातालको क्षेत्राधिकारबाट ६५ मीटर छाडी मात्र स्वीकृत दिने ।

१०). नक्सा दर्ता गर्नुपर्ने ः पोखरा महानगरपालिका क्षेत्रभित्रको कुनै स्थानमा भवन नियमित तथा
अभिलेखिकरण गर्न चाहने व्यक्तिले महानगरपालिकामा दर्ता भएका डिजाइनर/कन्सल्टेन्टवाट नक्सा डिजाइन गराई डिजाइनर डेस्क मार्फत अनलाईन मा फर्म भरी भवन निर्माण इजाजत शाखामा दर्ताका लागि पठाउनु पर्नेछ । भवन नियमित तथा अभिलेखिकरणप्राप्त गर्न दरखास्त दिदा अनुसूचि १ मा उल्लेख गरे बमोजिमका कागजातहरु पेश
गर्नुपर्नेछ ।

११) नक्सा दर्ता डेस्कमा अनुसूचि (१) मा उल्लेखित कागजातहरुको जाँच
गरी भवन निर्माण सम्बन्धी मापदण्ड तथा भवन संहिता सम्बन्धी प्राविधिक पक्ष जाँच गर्न
प्राविधिक डेस्कमा पठाइनेछ ।
(१२) नक्सा दर्ता भए नभएको व्यहोरा घरधनीको मोवाइल÷फोन नम्वरमा जानकारी गराइनेछ ।
(१३) उक्त नक्सा प्राविधिक डेस्कमा जाँच (स्थलगत तथा कागजात) भई
तत्कालीन मापदण्ड जाँच गरी नक्सा पास दस्तुर बुझाउन राजश्व डेस्कमा पठाइनेछ । त्यसपछि सम्वन्धित नक्सावाला वा एकाघरको व्यक्तिले महानगरपालिकाले तोकेको बैंक
खातामा तोकिए बमोजिमको नक्सापास दस्तुर वुझाउनुपर्नेछ । नक्सापास दस्तुर वुझाए पश्चात
नक्सा दर्ता भई राजश्व डेस्कवाट थप प्रकृयाको लागि वार्ड डेस्कमा पठाइनेछ ।
(१४) दर्ता भएको नक्शा सम्बन्धी कागजात प्रक्रिया अगाडी बढाउन दश दिनको दाबी बिरोधको सुचना
(सधियारको नाममा) जारी गरिनेछ ।
(१५) वार्ड डेस्क बाट नक्सा फायल कार्यालयको कर्मचारी वा सम्वन्धित नक्सावाला

वा एकाघरको व्यक्ति मार्फत् वडा कार्यालयमा पठाइनेछ । यसरी पठाइएको नक्सा फायल जसले
बुझिलिएको हो सो व्यक्तिको रेकर्ड अध्यावधिक गरी राख्नुपर्नेछ। वडामा फायल प्राप्त भएको
मितिले तीन दिनभित्र निर्माण भएको भवनबाट संधियार कसैलाई मर्का पर्ने भए आफूलाई मर्का
परेको विवरण खुलाई ११औ (एघार )औ दिनभित्र उजुर गर्न आउनु भनी सवै संधियारलाई सूचना
दिनुपर्नेछ । यदि संधियार फेला नपरे वा म्याद बुझ्ननमाने त्यस्ता संधियारको घरदैलो, वडा
कार्यालय र भवन निर्माण हुने ठाउँमा सवैले देख्ने गरी म्याद सूचना टाँस गर्नुपर्नेछ । म्याद सूचना
टाँस गर्दा कम्तिमा एक जना सम्बन्धीत वडाको जनप्रतिनिधी सहीत कम्तीमा तिन जनाको
रोहबरमा बस्नुपर्नेछ ।
(१६) संधियारका नाममा सूचना जारी भएको मितिले ११ औ (एघार)औ दिन भित्र संधियारको
दावि÷विरोध नपरेमा म्याद नाघेको तिन दिनभित्र कार्यालयले तोकेको प्राविधिक खटि स्थलगत जाँच
सर्जमिन मूचुल्का गर्नुपर्नेछ । यसरी जाँच गर्दा दरखास्तमा उल्लेख भए बमोजिम भवन निर्माण
भएको व्यहोरा स्पष्ट उल्लेख गर्नु पर्नेछ । यदि तोकिएको म्यादभित्र संधियारको उजुरीपरेमा उजुर
परेको मितिले तीन दिनभित्र उजुर सहितको नक्सा फायल महानगरपालिकामा पठाउनुपर्नेछ । उजुरी
सम्बन्धमा भवन नियमित तथा अभिलेखिकरण गर्ने निर्णयभएमा भवन नियमित तथा
अभिलेखिकरण प्रक्रिया जुन चरणमा स्थगित भएको छ सोही चरणबाट अघि बढ्नेछ ।
(१७) उपदफा (१६) बमोजिम स्थलगत जाँच गर्ने प्राविधिकले भवन निर्माण सम्बन्धी प्रचलित मापदण्ड
बमोजिम भवन निर्माण गर्न मिल्ने÷नमिल्ने कुराको अतिरिक्त सर्जमिनमा उपस्थित भएका
व्यक्तिहरुले मुचुल्कामा उल्लेखित बिषयहरु समेत खुलाई सर्जमिन मुचुल्का तयार गरी ७ (सात)
दिनभित्रप्रतिवेदन पेश गर्नुपर्नेछ । सर्जमिन मुचुल्का वडा अध्यक्ष वा तोकिएको वडा सदस्यको
रोहवरमा गर्नुपर्नेछ ।
ज्ञछण्
(१८) उपदफा (१७) बमोजिम पेश भएको फोटो सहितको स्थलगत सर्जमिन प्रतिवेदन नक्सा
फायलमासंलग्न गरी वडा कार्यालयले खटाएको कर्मचारी वा नक्सावाला वा एकाघरको व्यक्ति
मार्फतभवन नियमित तथा अभिलेखिकरण इजाजतका लागी महानगरपालिकामा पठाइनेछ ।
(१९) उपदफा (१८) बमोजिम महानगरपालिकामा आएको नक्सा फायल भवन निर्माण इजाजत शाखामा
प्राप्त भएपछि आवश्यक देखिए सम्वन्धित प्राविधिकवाट पूनः चेकजाँच गरी फायल फिर्ता आएको
मितिले ११औ (एघार)औ दिनभित्र भवन नियमित तथा अभिलेखिकरणका लागी अनुसूचि–४
बमोजिमको ढाँचामा भवन नियमित तथा अभिलेखिकरण गरिदिनुपर्नेछ ।
(२०) भवन नियमित तथा अभिलेखिकरण दरखास्त दर्ता गरेको मितिबाट भवन नियमित तथा
अभिलेखिकरण गरी प्रमाण पत्र उपलब्ध गराउन कम्तिमा तिस दिन अवधिमा उपलब्ध गराईनेछ ।
२१) नक्शा नियमित तथा अभिलेखिकरणका लागी छुट्टै दरखास्त फाराम (पुस्तीका) को व्यवस्था गरिनेछ ।
सो दरखास्त फाराम (पुस्तीका) को मुल्य रु.१५००।– कायम गरिएकोछ ।
२२) भवन नियमित तथा अभिलेखिकरणका लागी यो कार्यविधि शुरु भएको मितिले छ महिनाको म्याद
हुनेछ ।
२३) महानगरपालिकाको सुचना अनुसार अभिलेखिकरण गर्न नआउने व्यक्ति वा संस्थालाई हालसम्म
महानगरपालिकाबाट प्रदान गरिएको सेवा सुविधा कटौती गरिने छ ।
परिच्छेद –२
बाटो सम्बन्धि व्यवस्था
(१) नापी नक्सा वा लगत कट्टा गरेको फिल्डको बाटो जनिएकोमा सो बमोजिम नै बाटो कायम हुनेछ ।
बाटोको अवस्था (लम्बाइ, चौडाई) नापी नक्सा वा फिल्डमा फरक परेमा नापी नक्सा बमोजिम
गरिनेछ । प्रचलितमापदण्ड अनुसार फिल्डमा बाटो रहेको तर नापी नक्सामा सो बमोजिमको बाटो
भएको नदेखिए बाटोमा प्रयोग भएको जग्गाको सम्बन्धित जग्गाधनीको उपस्थितिमा लिखित सहमती
गराई वडा कार्यालयको सिफारीसमा फिल्डको बाटोलाई आधार मान्न सकिनेछ ।
(२) निजी जग्गालाई बाटो देखाइ नियमित तथा अभिलेखिकरण गर्नुपर्ने भए सम्बधित जग्गाधनी वडा
कार्यालयमा उपस्थित भईवडा अध्यक्ष वा निजले तोकेको सदस्यको रोहवरमा सनाखत भएको
मन्जुरिनामा पेश गर्नुपर्नेछ । यसरी नापी नक्सामा बाटो नभएको तर फिल्डमा निजी जग्गाबाट बाटो
देखाई नियमित तथा अभिलेखिकरण गर्नुपर्ने अवस्थामा स्थानीय साँध संधियार र जग्गाधनीको
उपस्थितिमा सर्जमिन मुचुल्का गर्नुपर्नेछ ।
(३) नापी नक्सामा बाटो नभएको तर राजिनामाको कागज, लालपूर्जा वा अन्य जग्गा सम्वन्धित
कागजातहरुमा बाटो रहेको भए सो बाटोलाई आधारमानी नक्सापास गरिनेछ ।
(४) नापी नक्सामा बाटो नदेखिएको तर अघिदेखि चलन चल्तीमा घरमुनी÷माथी बाट आवतजावत गर्ने
बाटो रहेछ भने सो बाटोलाई आधार मानी नियमित तथा अभिलेखिकरण गरिनेछ । अघिदेखि घरमुनी
बाटो थियो÷थिएन भन्ने विषयमा विवाद परेमा वडा कार्यालयको उपस्थितिमा सर्जमिन मुचुल्का गरी
सर्जमिनमा उल्लेखित व्यहोरा बमोजिम वडा शिफारिश अनुसार गरिनेछ । तर बाटोको चौडाइ
कम्तिमा १ मिटरको हुनुपर्नेछ ।
ज्ञछज्ञ
(५) नापी नक्सामा सार्वजनिक, पर्ति, नदी उकास, गुठी आदि जनिएको वा कुनै व्यक्तिको हक भोग वा
स्वामित्वमा नरहेको सार्वजनिक प्रकृतिको जग्गा देखिने तर फिल्डमा त्यस्ता जग्गा बाटोको रुपमा
अघिदेखि प्रयोग गरिदै आएको, दुई वा दुईभन्दा बढी स्थानीय वासिन्दाहरु सो बाटो प्रयोग गरी
आवतजावत गरिरहेको देखिए र सोही बाटोलाई देखाइ यसअघि यस कार्यालयबाट नक्सा समेत पास
भइरहेको रहेछ भने वडा कार्यालयबाट स्थानीय वासिन्दाहरुको उपस्थितिमा सर्जमिन मुचुल्का गरी
सर्जमिनबाट बाटो रहेको प्रमाणित भए त्यस्तो बाटोलाई सर्जमिन व्यहोरा, वडाको सिफारिस,
यसअघि सोही चलनचल्तीको बाटोलाई देखाई अरु कोही कसैको नक्सापास गरेको प्रमाण कागज
समेतको आधारमा त्यस्तो बाटो देखाई भवन नियमित तथा अभिलेखिकरण गरिनेछ ।
(६) नापी नक्सामा राजकूलो, खोला, खोल्सा वा यस्तै प्रकृतिको कुलो वा पानी लैजाने भाग देखिएको तर
फिल्डमा बाटो निर्माण गरी अघिदेखि बाटोको रुपमा चलन चल्ती भई सोही बाटोलाई देखाइ
यसअघि यस कार्यालयबाट नक्सापास समेत भएको रहेछ भने सर्जमिन मुचुल्का गरी वडाको
सिफारिसको आधारमा राजकूलो, खोला, खोल्सा आदि जनाई सो बमोजिमकै मापदण्ड अनुरुप भवन
नियमित तथा अभिलेखिकरण गरिनेछ ।
(७) नापी नक्सामा खोला जनिएको तर फिल्डमा हाल उक्त खोला छोपी बाटोको रुपमा प्रयोग
भैरहेको,सोही बाटोलाई देखाइ यस कार्यालयबाट यस अघि नक्सापास गरिएको भएतापनि त्यस्तो
खोला छोप्ने तथा खोला छोपिएको भागलाई बाटो देखाई भवन नियमित तथा अभिलेखिकरण हुनेछैन
। खोलाको मापदण्ड अनुसार खोला जनाई दुवैतर्फको किनारालाई गोरेटो बाटो मानी भवन नियमित
तथा अभिलेखिकरण गर्न सकिनेछ ।

परिच्छेद ३
भवन नियमित तथा अभिलेखिकरण सम्पन्नको प्रमाणपत्र सम्बन्धी व्यवस्था
भवन नियमित तथा अभिलेखिकरण सम्पन्न प्रमाणपत्र लिनुपर्ने ः
(१) महानगरपालिकाले भवन नियमित तथा अभिलेखिकरण कार्य सम्पन्न भए पश्चात नियमित तथा
अभिलेखिकरण सम्पन्न प्रमाणपत्र जारी गर्नेछ ।
(२) भवन नियमित तथा अभिलेखिकरण सम्पन्न भएपछि हरेक घरधनीले भवन नियमित तथा
अभिलेखिकरण सम्पन्नको प्रमाणपत्र तोकीएको समयावधि भित्र लिईसक्नुपर्नेछ ।
३) भवन नियमित तथा अभिलेखिकरण प्रमाणपत्र प्राप्त गर्न अनुसूचि ३ मा उल्लेख भए बमोजिमको
कागजात सहित निवेदन दिनुपर्नेछ ।
(४) उपदफा (३) बमोजिमको प्राविधिक प्रतिवेदनमा निर्माण भएको भवन संरचनाले भवन संहिता तथा
भवन निर्माण सम्बन्धी मापदण्ड पूर्ण रुपमा पालना गरे÷नगरेको स्पष्ट खुलाई पेश गर्नुपर्नेछ । उक्त
प्रतिवेदनको आधारमा देहाय बमोजिम भवन नियमित तथा अभिलेखिकरण सम्पन्नको प्रमाण पत्र
दिईनेछ ः
(क) स्वीकृत नक्सा बमोजिम प्रचलित भवन निर्माण सडक मापदण्ड र भवन संहिता पालना गरेको भए
सोही व्यहोरा खुलाई घरधनीलाई स्वीकृती विना थप निर्माण नगर्ने व्यहोराको कबुलियतनामा
अनुसूचि–४ अनुसार गराई अनुसूचि–५ बमोजिमको निर्माण सम्पन्न प्रमाणपत्र जारी गरिनेछ ।
(ख) स्वीकृत नक्सा बमोजिम प्रचलित भवन निर्माण सडक मापदण्ड पालना गरेको भए सोही व्यहोरा
खुलाई घरधनीलाई थप निर्माण नगर्ने व्यहोराको कबुलियतनामा अनुसूचि ४–अनुसार गराई अनुसूचि–
५बमोजिमको निर्माण सम्पन्नताको प्रमाणपत्र जारी गरिनेछ ।
ज्ञछद्द
(ग) स्वीकृत नक्सा तथा भवन निर्माण मापदण्ड भन्दा बढी निर्माण गरी अभिलेखिकरण भएको भवनको
हकमा बढी निर्माण गरिए जति संरचनाको हकमा महानगरपालिकाले भत्काउन आदेश दिएका बखत
भत्काउनेछु भन्ने व्यहोरा र थप निर्माण नगर्ने भन्ने व्यहोराको कबुलियतनामा अनुसूचि–४ अनुसार
गराई अनुसूचि–५ बमोजिमको निर्माण सम्पन्नताको प्रमाणपत्र जारी गरिनेछ ।
(५) प्राविधिकबाट पेश गरेको प्रतिवेदन सहित भवन निर्माण सम्पन्नताको प्रमाणपत्र जारी गर्न भवन
निर्माण इजाजत शाखाका सम्वन्धित कर्मचारीहरुले प्रमुख प्रशासकीय अधिकृत वा निजले अधिकार
प्रत्यायोजन गरेको अधिकारी समक्ष पेश गर्नुपर्नेछ । भवन निर्माण सम्पन्नताको प्रमाणपत्र जारी गर्ने
सम्बन्धी व्यवस्था उपदफा (४) बमोजिम हुनेछ ।
(६) भवन नियमित तथा अभिलेखिकरण सम्पन्नताको प्रमाणपत्र निवेदन पेश भएको मितिले ३० (तिस)
दिनभित्र जारी गरिनेछ ।
(७) पूर्व स्वीकृत नक्साको कुल क्षेत्रफलको १० % क्षेत्रफलसम्म मापदण्ड अनुकूल हुनेगरी थप निर्माण
भएको भवनको हकमा थप क्षेत्रफल खुलेको फ्लोर प्लान ९ँयियच एबिल० मात्र पेश गरेमा उपदफा
(४)बमोजिम कवुलियत गराई भवन नियमित तथा अभिलेखिकरण सम्पन्न प्रमाणपत्र जारी गर्न
सकिनेछ ।
(८) पूर्व स्वीकृत कुल क्षेत्रफलको १० % क्षेत्रफल भन्दा बढी निर्माण गरेको भवनको हकमा
नक्सापास÷तल्ला थप सम्वन्धी प्रकृया पुरा गर्नुपर्नेछ । भवन निर्माण सम्बन्धी मापदण्ड र भवन
संहिताअनुकुल बनेको भवनको नक्सापास गर्नुपर्नेछ । सो पालना नगरेको भवनको हकमा निर्माण
भएको भवनको नक्सा पेश गर्न लगाई नक्सा प्रमाणित गरी उपदफा (४) बमोजिम कवुलियत गराई
नियमित तथा अभिलेखिकरण सम्पन्न प्रमाणपत्र जारी गरिनेछ ।

परिच्छेद ४
विविध
(१) भवनको प्रयोजन परिवर्तन सम्बन्धी व्यवस्था ः भवन निर्माण गर्न लिएको स्वीकृतिमा फरक पारी
अन्य प्रयोजनमा भवन प्रयोग गर्न निवेदन परेमा प्राविधिकवाट साविकको स्वीकृत नक्सासँग हाल
फिल्डमा निर्माण भएको भवनसँग तुलनात्मक विश्लेषण गरी भवनको प्रयोजन परिवर्तन गर्न चाहेको
मापदण्ड अनुसार निर्मित भवन रहे÷नरहेको यकिन गरी स्पष्ट राय सहितको प्रतिवेदन पेश गर्नुपर्नेछ
। प्रचलित मापदण्ड अनुसार प्रयोजन परिवर्तन गर्न सकिने भए नक्सा नामसारी गर्दा लागे सरहको
दस्तुर लिई भवनको प्रयोजन परिवर्तन गर्न सकिनेछ ।
(२) नक्सा नामसारी सम्बन्धी व्यवस्था ः नक्सापास गर्दा एकाको हकभोगमा रहेको जग्गामा बनेको भवन
सहितको हक हस्तान्तरण भई अन्य व्यक्तिको नाममा स्वामित्व हस्तान्तरण भएको देखिए आवश्यक
प्रमाणकागजको आधारमा साविकको नक्सावालाको नाम परिवर्तन गरी हालको घरजग्गाधनीको
नाममा नक्सा नामसारी गरिदिनुपर्नेछ । नक्सा नामसारीको लागि अनुसूचि–२ मा उल्लेख भए
बमोजिमको कागजातहरु पेश गर्नुपर्नेछ । अनुसूचि–२ मा उल्लेख भए बमोजिमको कागजातहरु पेश
भए पश्चात साविककै प्रयोजन हुने गरि नक्सा नामसारी हुनेछ । फरक प्रयोजन हुने गरि नक्सा
नामसारीको लागि निवेदन पेश भएमा फरक प्रयोजन अनुसारभवन निर्माण मापदण्ड तथा भवन
संहिता अनुकुल भए मात्र नामसारी गरिनेछ । नामसारी र प्रयोजन परिवर्तन गर्दा लाग्ने दस्तुर
नगरसभाबाट तोकेबमोजिम हुनेछ ।
(३) प्राविधिक समिति समक्ष पेश गरिने ः भवन नियमित तथा अभिलेखिकरणका लागी पेश भएका
एष्लितज ब्चभब १५०० वर्गफिट र भवनको जम्मा क्षेत्रफल ५००० वर्गफिट भन्दा माथि एवं ५(पाँच)
ज्ञछघ
तला भन्दा माथि भएका भवनहरु महानगरको प्राविधिक समितिबाट चेकजाँच गरी सिफारिस भए
अनुसार नियमित तथा अभिलेखिकरण सम्पन्न प्रमाणपत्र जारी गरिनेछ । नियमित तथा
अभिलेखिकरणमा सम्पूर्ण कागजपत्रहरु महानगरको नक्शा अभिलेख क्थकतझ मा अनिवार्य भ्लतचथ
गर्नुपर्नेछ ।

कमेन्टहरु
Loading...