पोखरा महानगरको मयेरमा मानबहादुर उमेयरमा मन्जु बिजयी (बिजयी ¥याली फोटो फिचर र भिडियो)#LocalPolls2017 #Pokhara

पोखरा १२ जेठ/नेकपा एमालेले बहुमत वडा सहित पोखरा लेखनाथ महानगरपालिकाको प्रमुख र उप प्रमुख बिजयी भएका छन् । शुक्रबार सम्पन्न मतपरिणा अनुसार पोखरा लेखनाथ महानगरपालिकाको प्रमुख र उप प्रमुखमा एमाले उम्मेदवार बिजयी भए ।

महानगरको मेयरमा मान बहादुर जिसी र उप मेयरमा मञ्जुदेवी गुरुङ निर्वाचित भए । जिसी र गुरुङले प्रतिस्पर्धी कांग्रेस उम्मेदवारलाई रामजी कुँवरलाई झण्डै करिब १४ हजार अन्तरले मतले पराजित गरे । जिसीले कुल ६० हजार १ सय १८ मत प्राप्त गर्दा कुँवरले ४६ हजार ४ सय १६ मत प्राप्त गरे । जिसीले कुँवरले भन्दा १३ हजार ७ सय २ मत बढी प्राप्त गरी प्रमुखमा विजयी भएका हुन् ।

त्यस्तै उपमेयरमा पनि मञ्जुदेवी गुरुङले कांग्रेस उम्मेदवार सरस्वती गुरुङलाई हराइन् । एमालेकी मञ्जुदेवी गुरुङले कांग्रेस उम्मेदवार सरस्वती गुरुङलाई ११ हजार २ सय २५ मत अन्तरले पराजित गरेकी हुन् । विजयी मञ्जुदेवी गुरुङले कुल ५६ हजार ४ सय ४८ मत प्राप्त गर्दा पराजित सरस्वती गुरुङले ४४ हजार ३ सय ३८ मत प्राप्त गरिन् । प्रमुखमा निर्वाचीत भएपछि जिसीले एपि वान टेलिभिजन सगँ कुराकानी गर्दै पदभार ग्रहण गर्दैका दिन देखी जनताले अनुभव गर्ने गरि काम गर्ने बताए ।

प्रमुख र उप प्रमुखमा निर्वाचित जिसी र गुरुङले पोखरा लेखनाथ महानगरको बृहत्तर विकास र यँहाका नागरिकको हितका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन् । आफुहरु एमाले उम्मेदवारको रुपमा निर्वाचित भएपनि सबै राजनीतिक दल र महानगरवासीको साझा प्रमुख र उपप्रमुखका रुपमा स्थापित हुने उनीहरुले बताए । देशकै ठूलो महानगर पोखरा लेखनाथ महानगर पालिकाको प्रमुखका लागि १६ जना चुनावी मैदानमा थिए भने उपप्रमुखमा ११ जना दिए ।


मानबहादुर र मन्जुको बिजयी ¥याली
मानबहादुर र मन्जुको बिजयी ¥याली

मानबहादुर र मन्जुको बिजयी ¥याली
मानबहादुर र मन्जुको बिजयी ¥याली
मानबहादुर र मन्जुको बिजयी ¥याली
मानबहादुर र मन्जुको बिजयी ¥याली
मानबहादुर र मन्जुको बिजयी ¥याली
मानबहादुर र मन्जुको बिजयी ¥याली
मानबहादुर र मन्जुको बिजयी ¥याली
मानबहादुर र मन्जुको बिजयी ¥याली
मानबहादुर र मन्जुको बिजयी ¥याली
मानबहादुर र मन्जुको बिजयी ¥याली
कमेन्टहरु
Loading...