पोखरा महानगरपालिकाको प्रमुखका लागि १२ बढिको उमेद्वारी

सागर राज तिमिल्सिना
पोखरा, १९ वैशाख/देश कै ठुलो महानगर पालिका पोखरा लेखनाथ महानगरपालिकाको प्रमुखका लागि १२ जनाले उमेद्वारी दिएका छन् । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि तल र स्वतन्त्रबाट गरि १२ बढिले उमेदवारी दिएको मुख्य निर्वानका कार्यालय कास्कीले जानकारी दिएको छ । त्यसै गरि उपप्रमुखमा ८ जनाको उमेद्वारी दिएका छन् । थप पनि हुने सक्ने भन्दै राती सम्म सबै उमेद्वारको फाइनाल हुने बताए ।

कास्कीमा एक महानगर र चार वटा गाउँपालिकामा स्थानीय निर्वाचनाका लागि उमेद्वारी दर्ता गरेका छन् । देश कै ठुलो शहर पोखरा लेखनाथ महानगर स्थानीय तहको निर्वाचनका लागि उमेद्वारी दर्ता लागि ठुला दलले बाजाँ गाजाँका साथ उमेद्वारी दर्ता गरेका छन् । कास्कीका ठूला दल काँग्रेस, एमाले र माओवादी लगायतका दलहरुले बाजागाजा सहित उम्मेदवारी दर्ताका लागि मुख्य निर्वाचन कार्यालय कास्कीमा पगेका थिए । काँग्रेसले पोखरा लेखनाथ महानगरपालिकाको प्रमुखका लागि रामजी कुँवर र उप–मेयरमा सरस्वती गुरुङलाई उम्मेदवार बनाएको छ । कुँबर नेपाली काग्रेसको टे«ड युनियनमा लामो समय देखि काम गर्दै आएका थिए । उमेद्वारी पछि कुँबरले पोखरा विकासका लागि आफुले योजना बनाएर काम गर्ने बताए ।

एमालेले मेयरमा मान बहादुर जिसी र उप–मेयरमा मञ्जुदेवी गुरुङले उमेद्वारी दर्ता गरेको छ । मेयरका उमेदवार जिसी केन्द्रिय समितिका बैकल्पिक सदस्य एबं पूर्व एमाले कास्कीका अध्यक्ष हुन् । उनी पार्टीको जिल्ला इन्चार्ज पनि हुन् । जिसी यसअघि सुकुम्वासी समस्या समाधान आयोग कास्कीका अध्यक्ष समेत भएका थिए । उनी साविकको कालिका गाविसका पूर्व अध्यक्ष र गाउँ विकास समिति महासंघका पूर्व केन्द्रिय सदस्य पनि हुन् । उप मेयरकी उमेदवार गुरुङ अखिल नेपाल महिला संघ कास्कीको अध्यक्ष एबं जिल्ला कमिटिको सदस्य हुन् । एमालेबाट उमेद्वारी दिएका जिसीले पोखराको समृद्धीको विकासका लागि काम गर्ने बताए ।

त्यस्तै गरी नेकपा माओवादी केन्द्रबाट विश्व प्रकाश लामिछानेलाई मेयरमा र गोमा ढकाललाई उप–मेयरमा उमेद्वारी दिएका छन् । त्यस्तै गरी मेयरमा राप्रपाले गीता गुरुङ र उप–मेयरमा रमेश बहादुर खत्रीलाई उमेद्वार बनाएको छ । संघीय समाजवादी र नयाँ शक्तिले संयुक्त रुपमा मेयरमा हुम गुरुङ र उप–मेयरमा लक्ष्मी खातीलाई उम्मेदवार बनाएको छ । त्यसै गरि अखण्ड नेपालबाट मोती गिरी, उपमेयरमा गोमाकुमारी रायमाझीले उमेद्वारी दिएका छन् । नेकपा मालेबाट टेकनाथ भण्डारी, परिवार दलबाट कल्पना बराल, जनमोर्चाबाट चन्द्र बहादुर केसी, राष्ट्रिय मुक्ति आन्दोलनका तर्फबाट ऋषि तिमिल्सिना, स्वतन्त्र उमेद्वार अमन थापा र रेशम पन्थीले मेयरमा उमेद्वारी दिएका छन् ।

मुख्य निर्वाचन कार्यालय पोखरा र गाउँपालिकाका निर्वाचन कार्यालयमा उमेद्वारी दिने नेता तथा कार्यकर्ताहरुको भिड् छ । कास्कीमा निर्वाचन मार्फत ३ सय ७० जना निर्वाचीत हुनेछन् भने २ लाख २४ हजार ८ सय ११ जना मतदाता रहेका छन । १ सय ५० स्थलमा २ सय ८८ केन्द्र रहेका छन् भने कुल मतदाताको महिलाको संख्या १ लाख २० हजार २ सय ३० रहेको छ भने पुरुषको संख्या १ लाख ४ हजार ५ सय ७६ रहेको छ । पोखरा लेखनाथ महानगरपालिकामा १ लाख ६७ हजार मतदाता रहेका छन् ।

अन्नपूर्ण गाउँपालिकामा १५ हजार ५ सय ९६, त्यस्तै गरी माछापुच्छ्रे गाउँपालिकामा १६ हजार ३ सय १, मादी गाउँपालिकामा १३ हजार ५ सय ५९ मतदाता रहेको छ भने रुपा गाउँपालिकामा ११ हजार ३ सय १५ मतदाता रहेका छन् ।

कमेन्टहरु
Loading...