पोखरा महानगर पालिकाले आफ्नै बैंक सञ्चालन गर्ने

पोखरा, ३० वैशाख / पोखरा महानगरपालिकाले आफ्नै बैंक चलाउने भएको छ । आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रमबाट पारित गर्ने गरी बैंक सञ्चालनको प्रस्ताव अघि बढाएको छ ।

शुक्रबार र शनिबार चलेको कार्यपालिका बैठकमा यसबारे छलफल भैसकेको छ । राष्ट्रबैंकले नयाँ बैंक स्थापना गर्न कम्तिमा ४ अर्व शेयर आवश्यक हुने मापदण्ड बनाएको छ ।

सोही मापदण्डलाई टेकेर बैंक खोल्ने तयारी महानगरले गरेको छ । यसमा महानगरले २ अर्व र बाँकी २ अर्व नगरबासीसँग शेयर संकलन गर्ने तयारी भएको छ । सम्भाब्यता अध्ययन भैरहेको छ । त्यो सफल भयो भने आगामी आर्थिक वर्ष खोल्ने तयारी छ ।

त्यसैका लागि आवश्यक छलफलमा जुटेका छौं,’ शहरी योजना आयोगका उपाध्यक्ष डा. रामचन्द्र लामिछानेले भने । यसको सम्भाब्यता अध्ययन गर्ने जिम्मा आयोगले लिएको छ । नगरपालिकाले ब्यवस्थित योजना छनौट गर्न र नगरपालिकालाई सही गन्तब्य देखाउनका लागि लकडाउन अघि नै आयोग गठन गरेको थियो ।

बैंकसँगै आफ्नै पब्लिक लिमिटेड कम्पनी पनि स्थापनाको छलफल सुरु भएको छ । कम्पनीमा १ अर्व लगानी हुनेछ । यस्तै वडा तहमा पनि बैंकलाई विस्तार गर्ने योजना छ । प्रत्येक वडामा ५० करोड लगानी हुने गरी विस्तार गरिने बताईएको ।

कमेन्टहरु
Loading...