पोखरा माविमा कक्षा १२ का विद्यार्थीलाई बिदाई

पोखरा, १७ चैत /पोखरा मावि कक्षा १२ ब्यवस्थापन तथा बिज्ञान संकायमा अध्ययनरत विद्यार्थीलाई एक औपचारीक कार्यक्रम गरे विदाई गरेको छ ।

विद्यार्थी सञ्चालक समितिका अक्ष्यक्ष कमलराज सापकोटाले गुणस्तरीय शिक्षाप्रदान गर्ने कार्यमा निरन्तर लाग्ने बताउदै विद्यालयको प्रगति र सफलतामा त्यहाका शिक्षक र विद्यार्थीहरुको मेहनत र शैक्षिक वाताबरण प्रमुख हुने बताए ।

उनले विद्यालयको वर्तमान र भावी योजना तथा कार्यदिशाका बारेमा प्रकास पारे । कार्यक्रममा विद्यालयका प्राचार्य होमनाथ शर्मा पौड्याल, ल्याब इन्चार्ज रमेश ढकालले कक्षा १२ का विद्यार्थीहरुलाई शैक्षिक सफलताको शुभकामना दिए ।

कक्षा ११ का विद्यार्थी निशा सुबेदी र सुवोध पोखरेलले सिनियर दाई दिदीले नया आगन्तुक भाई बैनीहरुलाई उपयुक्त शैक्षिक वातावरण प्रदान गरेको अनुभव बताए ।

कार्यक्रममा कक्षा ११ का विद्यार्थीहरुले बिबिध संस्कृतिका नृत्य तथा गीत प्रस्तुत गरेका थिए भने बालकलाकार अभिषेक आचार्यल साङ्गतिक प्रस्तुति राखेका थिए । कार्यक्रमको सञ्चालन ज्ञानेश्वर सुवेदीले गरेका थिए ।

कमेन्टहरु
Loading...