ठुलो वर्षा पछि पोखरामा जमिन भासियो, २ घर भत्किए (भिडियो सहित)

पोखरा, ८ साउन/पोखराको पुरानो बजारका रुपमा परिचित मोहरिया टोलका दुईवटा पुराना भवन भत्किएका छन् । मंगलबार दिउँसो परेको ठुलो वर्षा पछि पानीले जमिन भासिएपछि पुरानो घर भत्किएको हो ।

घरहरु पूर्णरुपमा क्षति भएको छ । तर मानवीय क्षति भने भएको छैन । स्थानीयबासिन्दाका अनुसार पानीले जमिन भासिएपछि संगम पार्क नजिकै गुठेबाली मार्ग र अधिकारी टोल जाने बाटो तर्फ जमिन भासिएको हो ।

जमिन भासिँदा माटोको जोडाई भएको पुरानो दुईवटा घर भत्किएर पूर्ण रुपमा क्षतिग्रस्त भएका हुन् । दुई घरमध्ये एकमा मानिस बस्दै आए पनि अको घर भने खाली थियो । एउटा घर सहकारीको भएको र अर्को निजी भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रविन्द्रमान गुरुङ जानकारी दिए ।

कमेन्टहरु
Loading...