को हुन् पोखराका मेयर मान बहादुर#LocalPolls2017 #Pokhara

२०१७ साल भदौमा साविक कालिका गाविसमा जिसीको जन्म भएको हो । २०३६ सालदेखि अनेरास्ववियु हुँदै राजनीति सुरु गरेका जिसीले गणित र स्वास्थ्य विषयमा स्नातक तह पास गरेका छन् । पिएन क्याम्पसको प्रारम्भीक कमिटी हुँदै अखिल जिल्ला सदस्य भए ।

उनले २०४१ सालमा पार्टीको सदस्यता लिएका थिए । त्यसपछि कालिका गाविसको गाउँ कमिटी सचिव हुँदै २०४४ मा इलाका कमिटीको पनि सचिव भए । जिसि राजनीति सुरु गरेको १४ बर्षपछि २०५१ सालमा एमालेको जिल्ला कमिटि सदस्य भएका थिए । सोही बेला क्षेत्रीय कमिटी संयोजक समेत भएर काम गरे ।

उनी २०६३ मा जिल्ला कमिटीको प्रमुख तत्कालीन सचिव भए भने आठौं अधिबेशनबाट पुनः जिल्ला अध्यक्ष हुँदै हाल एमालेको बैकल्पीक केन्द्रिय सदस्यको रुपमा कार्यरत छन् । जिसी बहुदलपछिको दुईवटै स्थानीय चुनावमा कालिका गाविसबाट गाविस अध्यक्ष निर्बाचित भएका थिए । २०४९ र २०५४ मा अध्यक्ष निर्वाचित भएपछि उनी गाउँ विकास समिति राष्ट्रिय महासंघको सचिवालय सदस्यको रुपमा हालसम्म काम गरिरहेका छन् ।

जिसी अघिल्लो संविधानसभा चुनाव २०७० मा कास्की क्षेत्र नम्बर एक बाट एमालेको प्रत्यक्ष तर्फका उम्मेदवार हुन् । उनी काँग्रेसका तत्कालीन सभापति यज्ञ बहादुर थापासँग झिनो मतले पराजित भएका थिए । यसबाहेक जिसी नेपाल रेडक्रसको आजीवन सदस्य हुन् भने दुई कार्यकालसम्म शाखाको अध्यक्ष भएर काम गरेका थिए ।

व्यक्तिगत विवरण
नाम ः मानबहादुर जिसी
बाबु ः नरबहादुर जिसी
आमा ः मानकुमारी जिसी
जन्म
२०१७ भाद्र १७ गते मंगलबार ( ५ सन्तान– ४ छोरा र १ छोरी मध्य जेठो सन्तानको रुपमा मध्यम वर्गीय किसान परिवारमा जन्म )
जन्म स्थान ः साविक कालिका गाविस वडा नं.५ देउमाडी (हाल पोखरा लेखनाथ महानगरपालिका वडा नं. २८)
विवाह ः २०३६ साल फागुन २७ गते पोखरा– १२ निवासी सुब्बा डम्बरबहादुर कार्कीको छोरी शिव कार्कीसँग विवाह ।
सन्तान ः २ छोरी–मन्जु र अन्जु जिसी, १ छोरा अशोक जिसी
शिक्षा ः १—३ कक्षा जनक प्रावि ओखले माझठाना,
४ कक्षा हिमालय प्रावि ठूलोस्वारा चितेपानी,
५—१० कक्षा श्री जनज्योति माध्यामिक विद्यालय झाझरमारे ।
२०३५ सालमा एसएलसी परीक्षा उर्तीण, श्री जनज्योति मावि झाझरमारे
बिएड सम्मको उच्च शिक्षा पृथ्वीनारायण क्याम्पस पोखरा ।
राजनीतिक जीवन ः
२०३७ सालमा अनेरास्ववियुको सदस्यता प्राप्त गरी प्रारम्भिक कमिटी संगठित ।
२०३९ सालमा पृथ्वीनारायण क्याम्पस अनेरास्ववियु प्राकको अध्यक्ष ।
२०४१ सालमा नेकपा(माले)को पार्टी सदस्यता प्राप्त ।
संगठित कमिटीहरु
नेकपा एमाले कालिका गाउँ कमिटीको सचिव, इलाका कमिटी इलाका नं.४ कास्कीको सचिव, निर्वाचन क्षेत्रीय कमिटी क्षेत्र नं. १ को सचिव,
२०४९ सालमा— नेकपा एमाले जिल्ला संगठन कमिटीको सदस्य,
२०५० सालमा— नेकपा एमाले कास्कीको तेस्रो जिल्ला अधिवेशनवाट निर्वाचित जिल्ला कमिटी सदस्य ।
२०५३ सालमा— चांैथो जिल्ला अधिवेशनवाट निर्वाचित जिल्ला सदस्य साथै निर्वाचन क्षेत्रीय कमिटी क्षेत्र नं. १ कास्कीको सचिव ।
२०५४ सालमा नेकपा एमाले जिल्ला कमिटी कास्कीको उपसचिव, पाचौ जिल्ला अधिवेशनवाट पुन ः उपसचिव
२०५८ साल देखि २०६० साल सम्म २ वर्ष जिल्ला कमिटी कास्कीको सचिव (पार्टी प्रमुख) को जिम्मेवारी ।
पार्टीको आठौं जिल्ला अधिवेशनवाट अध्यक्षमा निर्वाचित (२०६६—२०७० साल सम्म अध्यक्षको जिम्मेवारी)
पार्टीकोे हालको जिम्मेवारी ः
नेकपा एमाले केन्द्रीय कमिटी वैकल्पिक सदस्य एवं कास्की जिल्ला इन्चार्ज
प्रदेश संगठन कमिटी प्रदेश नं. ४ को कार्यालय सचिव ।
संसदीय क्षेत्रमा ः
२०४९ र २०५४ मा कास्की जिल्ला अन्तर्गत साविक कालिका गाविसको निर्वाचित अध्यक्ष ।
२०७० सालको दोस्रो संविधानसभामा कास्की निर्वाचन क्षेत्र नं.१ बाट (२७२) ले पराजित ।
गाउँ विकास समिति राष्ट्रिय महासंघ नेपालको केन्द्रीय सदस्य तथा सचिवालय सदस्य ।
शैक्षिक क्षेत्रको सेवामा
२०३६ सालमा रत्नशोभा निमाविमा शिक्षक ।
२०४१ देखि २०४४ साल सम्म कालिका गाउँ पञ्चायतको बमचन्द्रकला प्राविमा शिक्षक ।
राजनीतिक नियुक्ति
कास्की जिल्ला सुकुम्वासी समस्या समाधान आयोगको अध्यक्षको जिम्मेवारी (मात्र तीन महिना) ।
समाजसेवा र विकास निर्माण ः
सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान र सेवा पु¥याउँदैं विशेष गरी कास्कीको क्षेत्र नं. १ मा खानेपानी, बाटो, पुल लगायतका विकाससँग जोडिएका योजना र निर्माण सम्बन्धी कार्यमा निरन्तर क्रियाशील विकासवादी नेताको रुपमा आफ्नो पहिचान दिन सफल ।
हिरासत
देशमा लोकतन्त्र र गणतन्त्रलाई स्थापित गराउन २०६२÷०६३ मा भएको शान्तिपूर्ण जनआन्दोलनको नेतृत्व गरेकै कारण ६२ दिन सम्म हिरासतमा रहेको ।

कमेन्टहरु
Loading...