बच्चा जन्माएपछि शल्यक्रिया, पोखरामा सुत्केरीको मृत्यु

पोखरा, २७ फागुन/पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा साबिकको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आइतबार एक सुत्केरीको उपचारका क्रममा ज्यान गएको छ । कास्कीको निर्मल पोखरीकी ३२ वर्षकी धनुमाया पोख्रेलको बिहान ज्यान गएको हो ।

शुक्रबार सामान्य रुपमा छोरा जन्माएकी उनको रक्तस्राव भईरहे पनि अप्रेशन गरिएको थियो । त्यसपछि पनि रक्तस्राव नरोकिएपछि शनिबार बिहान उनको दोस्रोपटक अप्रेशन गरिएको थियो ।

उनका आफ्न्तले भने डाक्टरको लापरबाहीका कारण धनुमायाको ज्यान गएको बताएका छन् । अस्पतालले भने अत्याधिक रक्तस्रावका कारण सुत्केरीको ज्यान गएको बताएको छ । सामान्य सुत्केरी भएको र पाठेघर सुन्निएकाले पहिलोपटक शल्यक्रिया गर्नु परेको अस्पतालको भनाई छ ।

त्यसपछि पनि रक्तस्राव नरोकिएकाले फेरि शल्यक्रिया गरिएको तर सुत्केरीलाई बचाउन नसकिएको डाक्टरले बताएका छन् । धनमायाको २०७२ जेठमा विवाह भएको थियो । उनको यो पहिलो बच्चा हो । बच्चाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

आफन्तजनले अस्पतालकाका डाक्टरको लापरबाहीका कारण धनुमायाको मृत्यु भएको आरोप लगाएका छन् । उनीहरुले शव बुझ्न मानेका छैनन् ।

कमेन्टहरु
Loading...