पोखरामा गुडिरहेको बस सडकमा भासिए पछि

पोखरा २१ मंसिर/पोखरा १६ चमेरे गुफा नजिकै मंगलबार बिहान सडक भासिदा गुडिरहेको नगर बस नै भासिएको छ । पक्की सडक भासिदा पोखरा बस व्याबसायी समितिको ग १ ख ७०३३ नम्वरको बस गुड्दै गर्दा भासिएको प्रहरीले जानकारी दिएको छ ।

विहान क्याम्पस जाने क्युका लागि बस त्यस क्षेत्रमा गएको थियो । गुड्दै गर्दा सडक भासि

पोखरामा गुडिरहेको बस नै भासियो
पोखरामा गुडिरहेको बस नै भासियो तस्विर सौजन्य ः दिननाथ बराल
पोखरामा गुडिरहेको बस नै भासियो
पोखरामा भासियो तस्विर सौजन्य ः दिननाथ बराल

एपछी गाडी खाडलभित्र अड्किएको थियो । बिहान वस खाली भएको हुनाले तल्लो भागसम्म जान नपाएको र ठुलो क्षति हुनवाट जोगिएको प्रहरीले जानकारी दिएको छ ।

भासीएको बसलाई क्रेनको सहायताले करिब ३ घण्टा पछि निकालीएको प्रहरीले जानकारी दिएको छ । भासियको क्षेत्रमा खानेपानीको पाइपको काम भइ रहेको छ । त्यस क्षेत्रमा गुफाहरु रहेका कारण पनि त्यस्तो भएको हुन सक्ने स्थानीयहरुले बताएका छन् ।

कमेन्टहरु
Loading...