पोखरामा सरकार विरुद्ध युवाहरु सडकमा, प्रहरी र युवाबिच झडप, २ जना प्रदर्शनकारी पक्राउ

पोखरा, २९ जेठ/ सरकारको कोरोना नियन्त्रणमा असफल भएको भन्दै युवाहरुले पोखरामा प्रर्दशन गरेका छन् । क्वारेन्टिनको अवस्था सुधार गर्नुपर्ने र कोरोना संक्रमण पत्ता लगाउन पीसीआर विधिको परीक्षण मागै गर्नु पर्ने लगाएतका माग राख्दै पोखरामा बिहीबार प्रदर्शन गरे ।

स्वतन्त्र पोखरेली युवा समूहले जिल्ला प्रशासन कार्यालय अगाडि १ घन्टा मौन बसेर शान्तिपूर्ण प्रदर्शन गरेका थिए । सयौंको संख्यामा उपस्थित भएका युवाले हात हातमा विभिन्न नारा अंकित प्लेकार्ड बोकेर विरोध जनाएका थिए ।

व्यवस्थित क्वारेन्टिन, पीसीआरबाट परीक्षण, आरडिटिबाट परीक्षण पुर्ण रुपमा बन्द गर्नु पर्ने माग रहेको नेतृत्व गरिरहेकी सलिजा श्रेष्ठले बताइन् । उनले नेपालको संविधान धारा ३५ ले पनि सबै जनताको स्वास्थ्य सुनिश्चितता गरेको बताउदै पुरा गर्न माग गरिन् । युवाहरु कामका लागि आवश्यक परे आफुहरु काम गर्न तयार रहेको उनको भनाई थियो ।

कार्यक्र सकिए पछि युवाहरुले प्रधानमन्त्री केपीशर्मा ओलीविरुद्ध नाराबाजी गर्न थालेपछि भिड उत्तेजित हुन पुगेको थियो । उनीहरुले केपीका कारण सारा नेपालीले दुःख पाएको भन्दै नाराबाजी गरेका थिए ।

प्रहरी र आन्दोलनकारी युवाहरु बीच सामान्य झडप भएको थियो । नाराबाजी गर्ने दुई जना प्रहरीले पक्राउ गरेको छ । कार्यक्रमा विभिन्न दलबाट समेत युवाहरु आन्दोलनको कार्यक्रममा सहभागीता जनाएका थिए ।

कमेन्टहरु
Loading...