पोखरामा अझै पाँच सय र एक हजारका नक्कली नोट छ्प्पछ्प्ती

सागर राज तिमिल्सिना
पोखरा, १८ जेठ/पोखरामा दिनहुँजसो नक्कली नेपाली नोट भेटिने क्रम रोकिएको छैन । राष्ट्रबैंकका अनुसार गएको माघ दोश्रो सातादेखि नक्कली नोट भेटिएको हो । हालसम्म पोखराबाट मात्रै १ सय ४० वटा पाँच सयका नक्कली नोट र १० वटा एक हजारका नक्कली नोट राष्ट्रबैंकमा जम्मा भैसकेको नेपाल राष्ट्रबैंक पोखराका प्रमुख पोमनाथ गौतमले बताए ।

‘माघको १३ गते नै दुईवटा नक्कली नोट राष्ट्रबैंकमा आईपुगेको थियो । त्यसपछि हामीले निगरानी बढायौं, राष्ट्रबैंक पोखराका उपनिदेशक अमर अधिकारीले भने भने–केही पहिलेको भन्दा केहि कम भए पनि नक्कली नोट आउने क्रम भने नरोकिएको बताए ।’ ठूलो परिणाममा नक्कली नोट भेटिएपनि नोट परिचालन बारे पत्ता लागेको छैन । ‘नक्कली नोट भेटिएपछि सबै बैंक तथा वित्तिय संस्थालाई सतर्क रहन आग्रह गरेका छौं । शंका लागेपछि उहाँहरुले राष्ट्रबैंकलाई खबर गर्नुहुन्छ, अधिकारी भन्छन्–शंका लागेका मान्छेलाई नियन्त्रणमा लियर अनुसन्धान गर्छौं ।’

पोखरामा पाँच सय र एक हजारका नक्कली नोटको बिगबिगी
पोखरामा पाँच सय र एक हजारका नक्कली नोटको बिगबिगी

पोखराका विभिन्न बैंकहरूमा डिपोजिटका लागि आउने बण्डलका बीचबीचमा नक्कली नोटहरू फेला परेका हुन् । सहकारीबाट आउने बण्डलमा बढी नक्कली नोट भेटिने गरेको बैंकमा कार्यरत कर्मचारीहरु बताउ छन् । एउटै नम्बर भएका नक्कली नोट भेटिने क्रम बढ्दै गएको राष्ट्रबैंक पोखरा शाखाका अर्को उपनिर्देशक बसन्त थापाले बताए । यो बिषयमा हामी सजग छौं ।’ दिनहुँजसो नक्कली नोटको कारोबार बढेपछि पोखराका बैंकहरुले नक्कली नोट पत्ता लगाउने मेसिन जडान गर्न थालेका छन् । बैंकहरूमा रहेको ‘फेकनोट डिटेक्टर मेशिन’ ले सजिलै नक्कली नोट पत्ता लगाउँछ ।

तालिम प्राप्त कर्मचारीले पनि नक्कली नोट सजिलै पत्ता लगाउन सक्छन् । ‘नक्कली नोट छुँदाखेरि नै फरक हुने बताए । उनले पहिलो ५ सयको धेरै नक्कली नोट आउने गरेका थिए तर अहिले एक हजारको पनि नक्कली नोट आउन थालेको बताए । उनले एक हजारका फरक फरक प्रकार नोट राष्ट्रबैंकमा आएकोब बताए ।

बजारमा छ्याप्छ्याप्ती नक्कली नोट फेला परेपछि नक्कली नोटको कारोबार गर्ने गिरोह नै सक्रिय रहेको आशंका गरिएको छ । सक्कलीजस्तै देखिने नोट उच्चस्तरको फोटोकपी गरेर बजारमा ल्याएको हुन सक्ने अनुमान बैंकरहरुको छ । एउटै नम्बरका नोटहरु छ्यापछ्याप्ती भेटिएपछि एउटै गिरोहले नोटको कारोबार गरेको हुन सक्ने उनको अनुमान छ ।

नक्कली नोट कसरी थाहा पाउने ?

सक्कली र जाली नोटलाई कान नजिकै लगेर हल्लाएमा सक्कली नोटको आवाज कडा र खड खड गर्ने हुन्छ भने जाली नोटको आवाज कम हुन्छ । सक्कली नोटको कागज स्तरीय, अलि खस्रो र कडा हुन्छ भने जाली नोटको कागज छाम्दा चिप्लो, लुलो र मोटो हुन्छ । जाली नोट सक्कली नोट जस्तो चहकिलो पनि हुँदैन । सक्कली नोटको रंग स्पष्ट र सफा गाढा हुन्छ भने जाली नोट हल्का, अस्पष्ट र फुङ्ग उडेको जस्तो देखिन्छ । सक्कली नोटलाई उज्यालो तिर फर्काएर हेरेमा नोटको दायातर्फ रहेको भागमा पानी छाप स्पस्ट देखिन्छ भने जलि नोटमा केहि कालो दले जस्तो अस्पष्ट देखिन्छ ।

सक्कली नोटमा रहेको सुरक्षा धागो नोटलाई उज्यालोतिर फर्काएर हेरेमा नेपाल राष्ट्र बैंक लेखिएको सहजै पढ्न सकिन्छ भने नक्कली नोटमा राखिएको सुरक्षा धागोले नोटका अक्षरहरु छोपिएका हुन्छन् । नोटको दायातर्फ रहेको सेतो भागको बायातर्फ भएको रंगीन आधा अक्षर नेपाल राष्ट्र बैंकलाई उज्यालोतर्फ फर्काएर हेर्दा नेपाल राष्ट्र बैंक स्पष्ट देखिन्छ भने जाली नोटमा सो अक्षर स्पष्ट देखिँदैन ।

सक्कली नोटमा रहेको स्टेप फिचर्सलाई उज्यालोमा दायाँबायाँ पार्दा एउटा छुटै चहक आउँछ भने जाली नोटमा यस्तो हुँदैन । सक्कली र जाली नोट सामान्य हिसावले पत्ता लागेन भने फेक नोट डिटेक्टर मेसिन प्रयोग गर्न सकिन्छ । यसले नक्कली नोट फालिदिन्छ । यस्तै युवि लाईट र मेग्नीफाईन ग्लासबाट पनि नोट सक्कली वा नक्कली पत्ता लाग्छ ।

कमेन्टहरु
Loading...