पोखरामा लाईसेन्स बनाई दिन्छु भन्दै ठगी गर्ने पक्राउ

पोखरा, १३ असार/यातायात व्यवस्था कार्यालय गण्डकीबाट परिक्षा नै नदिई लाईसेन्स (सवारी चालक अनुमती पत्र) बनाई दिन्छु भन्दै ठगि गर्ने एक जनालाई कास्की प्रहरीले प्रक्राउ गरेको छ ।

तनहुं, कास्की र स्याङजाका २१ जना व्यक्तिहरुबाट ८० हजार रुपैया ठगी गर्ने जाजरकोट जिल्ला पुन्मा गाविस वडा नं ५ घर भई हाल पोखरा१७ ड्यामसाईडमा जाजरकोट झिर हाउस संचालन गर्ने २९ वर्षिय पदम बहादुर वलीलाई प्रहरीले प्रक्राउ गरेको हो ।

वलीलाई कास्की जिल्ला अदालतबाट ठगी मुदामा म्याद थप गरी अनुसन्धान भईरहेको कास्की प्रहरी प्रबक्ता गजुसिद्दी बज्राचार्यले जानकारी दिए ।

कमेन्टहरु
Loading...