पोखरामा काँक्रो खादा तीन जना ढले (भिडियो सहित)

सागर राज तिमिल्सिना
पोखरा, ४ असार /पोखरा लेखनाथ महानगर पालिका १२ चापापानीमा घर मै लगाएको काँक्रो खादा तीन जना विरामी परेका छन् । शुक्रबार साझँ काँक्रो आफ्नै घरमा फलेको काँक्रो खादा लक्ष्मी श्रेष्ठ, उनका श्रीमान् पुर्ण बहादुर श्रेष्ठ र छिमेकी सरिता तिवारी विरामी परेका हुन् ।

काँक्रो निकै तितो थियो तितो भए पनि प्रेसरको औषधी हुन्छ भन्दै खाए लक्ष्मीले भनिन् दुई घण्टा पछि त वाक वाकी भयो धेरै पटक भए पछि ढले । पुर्ण बहादुर र सरितालाई पनि त्यस्तै भएको बताए ।

घर कै विऊ लगाएर काक्रो रोपेका थिए । घर मै फलेको काँक्रो हो के भएर यस्तो भयो भन्नै नसकिएको बताइन् । जिल्ला कृषि कार्यालय कास्कीका बालि संरक्षण अधिकृत शिब बरालले काक्रोलाई परिक्षण गरे पछि थाहा हुने बताए ।

कमेन्टहरु
Loading...