पोखरामा चौंथो दक्षिण एसियाली ज्योतिष तथा वास्तु सम्मेलन सुरु, विभिन्न व्यक्ति सम्मानीत

पोखरा, १२ जेठ/चौंथो दक्षिण एसियाली ज्योतिष तथा वास्तु सम्मेलन शनिबार देखि पोखरामा शुरु भएको छ । दक्षिण एसियाली ज्योतिष महासंघको आयोजनामा भएको कार्यक्रम आइबार सम्म सञ्चालन हुने छ । सम्मेलनमा नेपाल सहित भारत, कोरिया, श्रीलंका, भुटान, बंगलादेश, थाइल्याण्ड, मलेसिया, हङकङ, इण्डोनेसिया लगायतका ११ देशका प्रतिनिधीको सहभागिता रहेको ज्योतिष सम्मेलन मूल तयारी समितिका संयोजक डा. लोकराज पौडेलले जानकारी दिए ।

सम्मेलनमा ज्योतिषहरुले पालना गर्ने आचार संहिता कस्तो बनाउने, ज्योतिषीको मान्यतालाई दक्षिण एशिया भित्र कस्तो बताउने, नयाँ पुस्तालाई ज्योतिष विज्ञानप्रति आर्कषण कसरी बनाउन लगाएतका छलफल हुने छन् ।

सम्मेलनको प्रदेश ४ का मुख्यमन्त्री पृथ्वी सुब्वाले उद्घाटन गरे । उनले नयाँ पुस्तालाई ज्योतिष विज्ञानप्रति आर्कषण हुने गरी काम गर्न सुझाव दिए । ‘ज्योतिष र बास्तुको महत्व बढदै गएको हुदाँ मानिसले कुनै शुभ कार्यगर्नु अगाडी ज्योतिषको सल्लाहा सुझाव लिने गर्दछ,’ उनले भने ‘यसलाई मयादीत बनाउन अगाडी बढ्नु होस् ।’

सोही अवसरमा पत्रकारीताको क्षेत्रबाट ५ जना र अन्य विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतम, राष्ट्रिय धर्म सेवा नेपालका अध्यक्ष एवं पूर्व पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा माधव भट्टराई, विशिष्ट व्यत्तिव प्रा श्रीकृष्ण अधिकारी, संस्कृत एवं ज्योतिषविलद डा जगमान गुरुङ, एसियन एष्ट्रोलोजर कांग्रेस भारतका सभापति डा. सत्य विश्वास, वरिष्ट वास्तुविद डा. माधव मंगल जोशी लगायलाई अभिनन्दन गरीएको छ ।

कमेन्टहरु
Loading...