पश्चिमाञ्चल सामुदायिक अस्पताल पोखरामा उपचाररत ९० बर्षिय पुरुषमा कोरोना पुष्टि

पोखरा, २ असार / पश्चिमाञ्चल सामुदायिक अस्पताल पोखरामा उपचाररत ९० बर्षिय पुरुषमा कोरोना पुष्टि भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठानको प्रयोगशालामा भएको परीक्षणमा कोरोना पुष्टि भएको हो । उनलाई पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आईसोलेसन कक्षमा लैजाने तयारी भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

त्यसैगरी तनहुँको शुक्लागण्डकी नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका १२ बर्षिय बालक र ४६ बर्षका १ पुरुषमा पनि कोरोना पुष्टि भएको उनले जानकारी दिए ।

उनीहरुलाई शुक्लागण्डकी नगरपालिकामा रहेको जीपी कोइराला श्वासप्रश्वास केन्द्रको आईसोलेसन कक्षमा लैजाने तयारी भएको उनले जानकारी दिए । ३ जनामा कोरोना संक्रमणको पुष्टि भएपछि गण्डकी प्रदेशमा कोरोना संक्रमितको सख्या २ सय २६ पुगेको छ ।

कमेन्टहरु
Loading...