पोखरामा ठुलो मात्रामा लागू औषध सहित १० जना पक्राउ

पोखरा, ७ जेठ /कास्की प्रहरीलले ठुलो मात्राको लागूऔषध सहित १० जनालाई पक्राउ गरेको छ । प्रहरीले ६.किला २ सय ५० ग्राम खैरो चरेश, डाईजापाम ५ सय ४ थान, फेनेरागन ५ सय ४ थान, नर्फिन ५ सय ४ थान ,नाईट्रोसन १ सय १८ सहित १० जनालाई पक्राउ गरेको कास्कीका प्रहरी प्रमुख ओमबहादुर घर्ती मगरले सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिए । पक्राउ परेका अधिकांश पोखराको खहेर क्षेत्रबाट पक्राउ परेको उनले जानकारी दिए ।

पक्राउ पर्नेमा पोखरा १८ का २१ बर्षिय इश्वर परियार, मकबानपुर पालुङ २ घर पोखरा बस्दै आएका ६८ बर्षिय कर्ण बहादुर गोले, पोखरा ६ का ४० बर्षिय लक्ष्य परियार र नुवाकोट तार्केस्बर ३ घर भई काठमाडौं माछापोखरी ४० बर्षिय जुठे भन्ने बिष्णु परियार, सर्लाही नवलपुरका ३२ बर्षिय निरज कार्कीलाई खैरो चरेश सहित पक्राउ गरेको हो । उनीहरुलाई छुटाछुटै ठाउँबाट भिन्दा भिन्दै परिणाको चरेश सहित पक्राउ गरेको उनले बताए ।

त्यसै गरी धादिङ निलकण्ठ नगरपालिका बडा १३ का ३७ बर्षि सुमन भन्ने कर्ण बहादुर गुरुङ, कास्कीको माछापुच्छे गाउँपालिका भुजुङखोला बस्ने २४ बर्षिय को अरविन बास्तोला, पोखरा १८ का राजेश बिक र पोखरा २५ हेम्जाका २९ बर्षिय सन्जिव पुर्जा मगरलाई विभिन्न लागूऔषध सहित पक्राउ गरेको उनले जानकारी दिए ।

उनले ठाउँ प्रहरी परिचालन गरी अन्यको पनि खोजी कार्यभई रहेको बताए । पक्राउ परेकालाई लागू औषध मुद्धामा मुद्धाचलाएको र थप अनुसन्धान भईरहेको उनको भनाई छ ।

कमेन्टहरु
Loading...