देशकै ठुलो महानगर पोखरामाः यस्ता छन् उपमेयरका आंकाक्षी

पोखरा, २५ चैत /क्षेत्रफलको हिसाबले नेपालकै ठूलो महानगरपालिकाको मेयर, उपमेयर अध्यक्ष बन्न चाहानेको कमि छैन पोखरामा । पोखरामा लेखनाथ नगरपालिका र केहि गाविस मिसाएर महानगर पालिका बनेको हो ।

पोखरा लेखनाथ महानगरपालिका प्रदेश नम्बर ४ को केन्द्र समेत रहेका कारण यहाँ आउने नेतृत्व दुरर्दसि आवश्यक रहेको नागरीकहरु बताउछन् ।  पोखरा लेखनाथ महानगरपालिकाको उपमेयर बन्न प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादीभित्रका आकांक्षीहरुले लबिङ तीब्र पारेका छन् । उपमेयरमा भने महिला आंकाक्षीहरु बढि रहेका छन् ।

पोखरा महानगरपालिमा काग्रेसबाट उपमेयर महिला संघ कास्कीकी अध्यक्ष कोपिला रानाभाट र सरस्वती गुरुङको नाम चर्चा छ । त्यसै गरि एमालेबाट उपमेयरका आकांक्षी धेरै नै छन् । एमालेबाट प्रभा कोइराला, मित्रकुमारी गुरुङ सुबेदी, दुई जना मिना गुरुङ, देवका पहारी र छली कुँबरको नाम चर्चामा छ । त्यसै एकिकृत नेकपा माओवादीबाट गोमा ढकाल, निर्मला न्यौपाने, कन्चर खनालको नाम चर्चामा छ ।

कमेन्टहरु
Loading...