पोखराको मतगणना नगर विकासमा

पोखरा, २९ वैशाख /पोखरा लेखनाथ महानगरपालिकाको वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको मतगणना नगर विकास प्रशिक्षण केन्द्रमा हुने भएको छ ।

क्षेत्रिय निर्वाचन कार्यालय कास्कीले दिएको जानकारी अनुसार मतदान सकिएर सबै मतपेटिकाहरु नगर प्रशिक्षण केन्द्रमा ल्याए पछि सबै प्रक्रिया सकिए पछि गणना सुरु हुने छ ।

अन्य गाउँपालिकाको हकमा भने सम्वन्धित गाउँपालिकाको केन्द्रमा मतगणना गर्ने व्यवस्था मिलाएको कार्यालयले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...