जिसी पोखराको पन्ध्रौं मेयर (को को बने अहिले सम्म)#LocalPolls2017 #Pokhara

प्रकाश ढकाल
पोखरा, १३ जेठ /शुक्रबार पोखराको पन्ध्रौं मेयरको रुपमा मान बहादुर जिसी निर्वाचित भएका छन् । बैशाख ३१ को चुनावले जिसीलाई महानगरको पहिलो र नगरपालिका स्थापना देखिको पन्ध्रौं मेयरको रुपमा निर्वाचित गरेको हो । एमालेबाट उम्मेदवारी दिएका जिसीले निकटतम प्रतिश्पर्धी नेपाली काँग्रेसका उम्मेदवार रामजी कुवँरलाई १३ हजार ७ सय २ मतान्तरले पराजीत गरे । जिसीको कुल ६० हजार १ सय १८ मत आउँदा कुँवरले ४६ हजार ४ सय १६ मत प्राप्त गरे ।

उपमेयर पदमा पनि एमाले उम्मेदवार मञ्जुदेवी गुरुङ भारी मतका साथ बिजयी भईन् । मञ्जुले निकटतम उम्मेदवार काँग्रेसकी सरस्वती गुरुङलाई ११ हजार २ सय २५ मत अन्तरले पराजीत गरेकी हुन् । मञ्जुको कुल ५४ हजार १ सय मत आएको छ भने सरस्वतीले ४२ हजार ८ सय ७५ मत प्राप्त गरिन् । पोखरामा मेयर र उपमेयर छनौट गर्ने यो १५ औं श्रृखंला हो । २०१६ मा पहिलो पटक पोखराको स्थानीय चुनाव भएको थियो ।

कास्कीका लागि स्थानीय निकायमा सबैभन्दा पहिलो जनप्रतिनिधीका रुपमा शिव वहादुर थापा पोखरा नगरपालिकाको मेयर बनेका थिए । साविक पोखरा नगरपालिकामा १० जना प्रधानपञ्चले काम गरे भने एक जना मेयर निर्वाचित भए । २०५२ सालमा उपमहानगरपालिका बनेपछि भएको २०५४ को चुनावमा एमालेकै उम्मेदवार कृष्ण थापा मेयर बनेका थिए ।
स्थानीय निकायको चुनाव हुन छोडेपनि २०६० सालमा तत्कालीन राजा ज्ञानेन्द्रले हर्क बहादुर गुरुङलाई मेयरको रुपमा मनोनयन गरे । २०६२ मा पनि भीमसेन थापालाई राजाले नै मेयरको रुपमा मनोनयन गरेका हुन् ।

करिब २० बर्षपछि भएको स्थानीय चुनावमा एमालेले आफ्नो विरासत कायम राख्दै पोखरा महानगरको नेतृत्वमा कब्जा जमाएको छ । मतगणना सकिएसँगै पोखरामा १ सय ६७ जना निर्वाचित भएका छन् । बाँकी रहेका दलित तथा अल्पसंख्यक समुदायका तीन जना पछि निर्वाचित हुनेछन् । महानगरको २२ वडा एमालेले जितेको छ भने ११ वडा काँग्रेसले जित्यो । बिजेता उम्मेदवारलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले आईतबार १ बजे प्रमाणपत्र प्रदान गर्ने जनाएको छ । क्षेत्रफलको आधारमा पोखरा देशकै सबैभन्दा ठूलो महानगरपालिका हो ।

२०१६ शिवबहादुर थापा मेयर
२०१९ नगेन्द्रबहादुर रायमाझी प्रधानपञ्च
२०२४ अम्बरबहादुर कार्की प्रधानपञ्च
२०२८ रुद्रबहादुर कार्की प्रधानपञ्च
२०३१ दीलिपकुमार पालिखे प्रधानपञ्च
२०३२ रमेशबहादुर भट्टराइ प्रधानपञ्च
२०३२ गणेश शेरचन प्रधानपञ्च
२०३८ श्रीप्रसाद गुरुङ प्रधानपञ्च
२०३९ उत्तम पुन प्रधानपञ्च
१० २०४१ सूर्यबहादुर केसी प्रधानपञ्च
११ २०४९ भोला थापा मेयर
१२ २०५४ कृष्ण थापा मेयर
१३ २०६० हर्कबहादुर गुरुङ मेयर
१४ २०६२ भीमसेन थापा मेयर
१५ २०७४ मानबहादुर जिसी प्रमुख
कमेन्टहरु
Loading...