पोखरामा करेन्ट लागेर एकको मृत्यु

पोखरा, २८ वैशाख/पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २५ को हेम्जा फेदीमा डोजरले निकालेको ढुङ्गा ट्याक्टरमा लोड गर्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ ।

ढुङ्गा ट्याक्टरमा लोड गर्ने क्रममा बिजुलीको तारबाट करेन्ट लाग्दा घाईते भई उपचारको पश्चिमाञ्चल अस्पतालमा उपचारका क्रममा बर्दिया गेरुवा गाँउपालिका वडा ४ घर भई हाल पोखरा १ याम्दीमा डेरा गरि ४५ बर्षिय राज कुमार परियारको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

विहान साढे सात भएको भएको घटनामा घाइते भएका उनको साढे ८ बजे अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । घटनाका बारेमा थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

कमेन्टहरु
Loading...