पोखरामा हतगडी सहित थुनुवा भागे

पोखरा, ८ जेठ /पोखरा ५ प्रस्याङमा सोमबार राती झगडा भयो । झगडा गर्नेलाई पक्राउ गर्न प्रहरी पुग्यो । झगडामा संलग्नलाई प्रहरीले हतगडी लगायो ।

तर झगडामा संलगनहरु हतगडी सहित भागेका छन् । प्रहरीले रातभर खोजी गरे पनि भेटाउन सकेको छैन । विहान देखी नै ठुलो मात्रामा त्यस क्षेत्रमा प्रहरी परिचालन गरि खोजी भइरहेको प्रहरीको भनाई छ ।

कुनै हतगडी लगाएपछि भागे त कोही प्रहरीको गाडीमा चढेपछि फरालेर भागे । यस सम्बन्धमा जानकारी लिन प्रहरी प्रवक्तालाई फोन गर्दा फोन उठेन ।

कमेन्टहरु
Loading...