पोखरामा ग्याँस र औषधि अभाव छैन तर आवश्यकता भन्दा बढि सञ्चय नगरौ

पोखरा, १० चैत / पोखरामा खाना पकाउने(एलपी) ग्याँसको अभाव नभएको एलपी ग्याँस विक्रेता संघ कास्कीका अध्यक्ष बालकुष्ण कोइरालाले बताउनु भएको छ ।

पोखरा महानगर उपभोत्ता हित संरक्षण समितिको आइतबार बैठकमा बोल्दै उहाँले पोखरामा नियममित ग्याँस आपूत्र्ति भैरहेको बताउदै उपभोत्ताले आवश्यकता भन्दा बढि ग्याँस सिलिण्डर सञ्चय गरेका कारण समस्या देखिएको बताउनुभयो । पोखरामा मासिक १ लाख ४० हजार ग्याँस विक्री हुने गरेको बताउनुभयो ।

पोखरामा विभिन्न १७ वटा कम्पनीको ग्याँस बिक्री हुने गरेका छन् । नियमित ग्याँस आयात भैरहेको छ अध्यक्ष कोइरालाले भन्नुभयो, ‘ एउटै परिवारले दुई देखि पाँच वटा सम्म सिलिण्डर सञ्चय गरेका कारण बजारमा ग्याँसको अभाव सृजना भएको छ । तर आयात नियमित छ ।’ उहाँ अनुसार शक्ति ग्याँसको ५५ हजार मासिक विक्री रहेकौ र अन्य ग्यासको पनि सोही हाराहारीमा रहेको छ । ‘हामीले आएका सवै ग्याँस सिलिण्डर बजारमा पठाएका छौ एउटा पनि हामीे स्टक गरेका छैनौ । प्रशासनले निर्देशन नदिदाँसम्म हामी स्टक राख्दैनौ ।’

पोखरा महानगरपालिकाका उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक मञ्जुदेवी गुरुङको अध्यक्षतामा सम्पन्न बैठकलेमा उहाँले एउटै परिवारले सात वटासम्म ग्याँस राख्ने तर एउटा सिलिण्डर हुनेले नपाउने अवस्था छ त्यसैले समानुपातिक वितरण प्रणालीको व्यवस्था आवश्यक छ भन्नुभयो । बजारमा जाने र पैशा दिएपछि किन नपाउने भन्दै दबाब दिएर सिलिण्डर किन्ने भएकाले उपभोक्ताले सञ्जय गरेको बताउनुभयो ।

उपभोक्ताले ग्याँस स्टक गर्ने अवस्था रोक्नुपर्ने उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइरालाले बताउनुभयो । उहाँले बजारमा कृत्रिम अभाव सृजना भए धेरे सिलिण्डर सञ्चय गर्ने उपभोत्ताकोमा समेत छापा मार्नुपर्ने अवस्था आउने बताउनुभयो । पोखरामा तीन महिनाका लागि औषधी रहेपनि सेनिटाइजर भने अभाव रहेको औषधी ब्यवसायी संघ गण्डकीका अध्यक्ष रामबहादुर कैसीले बताउनुभयो ।

उहाँले सेनिटाइजर भारतबाट आयात हुने भएकाले नेपालमा अभाव देखिएको बताउदै सेनिटाइजरको सटटा सावुन पानीको प्रयोग बढाउनुपर्नेमा जो दिनुभयो । पोखरामा औषधी अभाव छैन उहाँले भन्नुभयो, ‘मास्क स्थानीय रुपमा उत्पादन गरिएकाले त्यसको अभाव छैन तर सेनिटाइजर भन्दा सावुन पानीले हात धुन प्रोत्साहन गरौ ।’

पोखरा महानगरपालिकका उपप्रमुख मञ्जुदेवी गुरुङले उपभोत्ताले अनावश्यक रुपमा घरमा सामाग्री थुपार्ने कार्यालाई रोक्नुपर्ने बताउनुभयो । पोखरामा सेनिटाइजरको अभावमा सावुनपानीको प्रयोग गरेर हात धुन आग्रह गर्नुपर्नैमा जोड दिनुभयो । बैठकलै बजारमा पछिल्लो अवस्थामा अति आबश्यक सामाग्रीको आपुर्ती व्यवस्थाको अवस्थाको बारेमा छलफल गदै आजसम्म आपुर्तीमा कुनै समस्या नरहेको तर उपभोक्ताहरुमा अधिक संचिती गर्ने प्रबृत्ती रहेकाले आश्वस्त पार्नुपर्ने देएिको छ उल्लेख गरिएको छ ।

बजारमा ग्यांस लगायत उपभोग्य सामाग्रीको बितरणको अवस्थालाई आबश्यकता अनुसार अनुगमन गर्ने निर्णय गरेको महानगर शाखा अधिकृत किरण कोइरालाले बताउनुभयो । आपुर्तीको सम्बन्धमा आवश्यकता अनुसार विषयगत व्यवसायीहरुसंग अलग अलग छलफल गरी अगाडी बढ्ने निर्णय उपभोत्ता हित संरक्षण समितिको बैठकले निर्णय गरेको छ । बैठकले राष्ट्रिय संकटको घडीमा सम्पुर्ण व्यवसायीहरुमा जिम्मेवार नागरिकको भुमीका निर्बाह गरी सेवा प्रवाह गर्न आव्हान समेत गरेको छ ।

कमेन्टहरु
Loading...