पोखराको फिर्के खोलाको रेखाङ्कन शुरु, मापदण्ड मिचेरका संरचना भत्काइने

पोखरा, ३० फागुन /पोखराको बीच भाग हुनै फेवातालमा पुग्ने फिर्के खोलाको सिमाना छुट्याउन पोखरा लेखनाथ महानगरपालिकाले रेखाङ्कनको काम शुरु गरेको छ । महानगरको मापदण्ड मिचेर निर्माण गरिएका भवन तथा संरचना हटाउन रेखाङ्कन थालिएको महानगरले जनाएको छ ।

पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १८ सराङकोटको फेदी अँधेरीकुनाबाट शुरु भएको बुलौदी खोला करिब ९ किलोमिटरमा फेवातालमा मिसिने गरेको छ । पोखरा लेखनाथ महानगरपालिकाका मयेर मानबहादुर जिसीले अतिक्रमण गरि बनाएका संरचना सबै हटाउने बताए । उनले रेखाङ्कन सकिएलगत्तै अल्टिमेटम सहितको १५ दिने सूचना जारी गरेर अतिक्रमित जग्गा छाड्न आग्रह गरिने र त्यसपछि पनि नहटाए महानगरपालिले डोजर फाल्ने बताए ।

त्यसरी डोजर लगाउँदा लाग्ने खर्च सम्बन्धित व्यक्तिलाई नै तिराउने उनको भनाई छ । पहिलो चरणमा फिर्केको रेखाङ्कन सक्ने र त्यसपछि सेती नदीको पनि सिमाना रेखाङ्कन र अतिक्रमित जग्गा फिर्ता गर्ने प्रक्रिया अघि बढाइने मेयर जिसीले बताए ।

अँधेरीकुनाबाट, प्रस्याङ, सिद्धार्थचोक, मालेपाटन, मासबार, बैदाम हुदै फिर्के खोला फेवाताल सम्म पुग्ने गरेको छ । त्यसै गरि पोखराको बिच भएर बग्ने अर्को बुलौदी खोलाको पनि रेखाङ्कन गर्ने पोखरा लेखनाथ महानगरपालिकाका इन्जिनियर महेन्द्र गोदारले बताए । फिर्के र बुलौदी खोला अहिले ४ देखि ३४ मिटर सम्म फराकीलो रहेका छन् । खोलाको किनारबाट दुबै तर्फ ५/५ मिटर मादण्ड लाग्ने उनले बताए ।

कमेन्टहरु
Loading...