आइतबारदेखी पोखरा महोत्सवमा विद्यालय स्तरिय लोक नृत्य प्रतियोगिता शुरु

पोखरा, ५ माघ / आइतवारदेखी पोखरा महोत्सवमा विद्यालय स्तरिय सामुहिक लोक नृत्य प्रतियोगिता हुने भएको छ । १० औ पोखरा महोत्सवको स्टेजमा आइतबारदेखी हुने विद्यालय स्तरिय सामुहिक लोक नृत्य प्रतियोगितामा पोखराका १५ वटा विद्यालय बीच प्रतिस्पर्धा रहने छ ।

जसमा माघ ५ गते आइतबार अल्फा बोर्डिङ स्कुल, अञ्जुुली आवासिय विद्यालय र सूर्योदय बोर्डिङ स्कुलको प्रस्तुती रहनेछभने ६ गते सोमवार वेसलाइन एकेडेमी, लेखनाथ विभुति, सरस्वती सेकेण्डरी स्कुलु र राइजिङ स्टारको प्रस्तुती रहने छ ।

त्यसैगरी ७ गते मंगलवार कुमुदिनी होम्स, ज्ञान गंगा एकेडेमी, अमरसिंह मावि र युनिभर्स एकेडेमीको प्रस्तुती रहनेछभने ८ गते बुधवार कास्की मोडनाइज्ड एकेडेमी, कालिका मावि, बाल कल्याण र बहादुरे माविको प्रस्तुती रहने महोत्सव सांस्कृतिक उपसमिति संयोजक राजु श्रेष्ठले जानकारी दिए ।

विद्यालय स्तरिय लोक नृत्य प्रतियोगितामा प्रथम हुनेले नगद ४० हजार ट्रफी र प्रमाणपत्र, द्धितिय हुनेले २५ हजार, ट्रफी र प्रमाणपत्र, तृतिय स्थान हासिल गर्नेले नगद १५ हजार ट्रफी र प्रमाणपत्र र शान्तवना स्थान हासिल गर्ने समुहले नगद ७ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन ।

महोत्सवको पांचौ दिन शनिवार दर्शकको उल्लेख्य सहभागीता जनाएका छन । महोत्सवको पांचौ दिन शनिवार ३५ हजार दर्शकले महोत्सवको प्रत्यक्ष अवलोकन गरेका छन । शनिवार पोखरा महोत्सवमा चर्चित लोकदोहोरी गायक मिलन लामाको लोकदोहोरी प्रस्तुती मार्फत दर्शकले भरपुर मनोरन्जन लिएका थिए ।

लामा संगै लोकदोहोरी गायक गायिकाहरु प्रजापति पराजुली, सुरेन्द्र गुरुङ, निश्चल थापा मगर, माधव चापागाइ, कृष्ण गुरुङ, तुलसा क्षेत्री, लक्ष्मी बानिया लगायतको लोकदोहोरी प्रस्तुती रहेको थियोभने लोकदोहोरी गायक प्रजापति पराजुली र ४० को दशक तिरका चर्चित लोकदोहोरी गायिका माया गुरुङको दोरोही प्रस्तुतीमा दर्शक रमाएका थिए । हास्यब्यङ्ग्य तर्फ पोखरेली धुर्मस र माग्नेबुढाको प्रस्तुतीमा दर्शकले भरपुर मनोरन्जन लिएका थिए । साझको पप कन्सर्टमा कबवेव र स्पर्ष ब्याण्डको लाइभ प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिए ।

महोत्सवको छैठौ दिन आइतबार पुरुषोत्तम न्यौपाने, जीवन दाहाल, कृष्ण सुवेदी, नेत्र गुरुङ, टेक क्षेत्री, लक्ष्मी मल्ल, सुनिता नेपाली, सविना गुरुङ, शान्ती डोटेल लगायतको प्रस्तुती रहने छ । त्यसैगरी सांझको पप कन्सर्र्टमा युवाहरुको ढुकढुकी आशिष राना लाहुरे संगै स्थानिय ब्ल्याक रोजको प्रस्तुती रहने छ ।

महोत्सवमा माघ ६ देखी ८ सम्म कास्की जिल्ला बुद्धिचाल संघको प्राविधीक सहयोगमा युनाईटेड क्लव खुल्ला बुद्धिचाल प्रतियोगिता हुने भएको छ । युनाईटड क्लवको आयोजनामा हुने उक्त प्रतियोगिता अमरसिंह माविको पुस्तकालय भवनमा हुनेछ । उक्त प्रतियोगितामा प्रथम हुनेले नगद २५ हजार, प्रमाण पत्र र मेडल प्राप्त गर्नेछभने दोश्रो र तेश्रो हुनेले नगद १५ हजार र दश हजार सहित प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन ।

प्रतियोगितामा चौथो स्थान हासिल गर्नेले नगद ३ हजार प्रमाणपत्र र मेडल, पांचौ स्थान हासिल गर्नेले २ हजार नगद, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछनभने टप टेन भित्र पर्ने बांकी ५ जनालाई जनही १ हजार, प्रमाण पत्र र मेडल प्राप्त गर्नेछन । यसैविच महोत्सवमा शनिवारदेखी शिक्षक, विद्यार्थी र अभिभावकले संगै बसेर हेर्नुपर्ने शिक्षामुलक वृत्तचित्र समेत प्रदर्शन गरिएको छ ।

कमेन्टहरु
Loading...