पोखरा महोत्सव स्थल अमरसिंह चौरमा बृहत सरसफाई

पोखरा महोत्सव स्थल अमरसिंह चौरमा बृहत सरसफाई
241

पोखरा, २५ पुष/ दशौ संस्करणको पोखरा महोत्सव संघारमा आइपुग्दा महोत्सव स्थल अमरसिंह चौर परिसरमा सरसफाई गरिएको छ । पुषको २९ देखी माघको १२ गते सम्म आयोजना हुने दशौ संस्करणको पोखरा महोत्सव नजिकिदै गर्दा पोखरा महोत्सव आयोजक युनाईटेड क्लवको आयोजनामा महोत्सव स्थल अमरसिंह चौर परिसर र बाहिरी कम्पाउण्डमा रहेको फोहोर मैला संकलन गरि सरसफाई गरिएको थियो ।

उक्त अवसरमा युनाईटेड क्लवका पदाधिकारीहरु तथा अमरसिंह चोक ’round रहेका विभिन्न संघ सस्था, आमा समुह, महिला समुह तथा स्थानियहरुले ब्यापक सहभागीता जनाएको दशौ पोखरा महोत्सव सरसफाइ उपसमिती संयोजक श्यामकृष्ण श्रेष्ठले जानकारी दिए ।

सरसफाइ कार्यक्रममा विभिन्न प्रकारका फोहोरहरु प्लाष्टिकजन्य, कुहिने र नकुहिने गरी वर्गीकरण गरी छुट्टा छुट्टै बोरामा राखी महानगरको फोहोर संकलन गर्ने सवारीमार्फत ल्याण्डफिल्ड साइडमा पठाइएको समेत संयोजक श्रेष्ठले वताए ।

विगतका वर्षहरुमा पनि पोखरा महोत्सवमा महोत्सव स्थल परिसर र आसपासका टोलहरुमा सरसफाइ गरिदै आएको र सरसफाइ कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने पोखरा महोत्सव मुल आयोजक समारोह समितिका संयोजक तथा युनाईटेड क्लवका अध्यक्ष लालकाजी गुरुङले वताए ।

युनाईटेड क्लवको आयोजनामा आगामी पुषको २९ देखी माघको १२ गते सम्म पोखराको अमरसिंह चौरमा १० औ संस्करणको पोखरा महोत्सव सञ्चालन हुदैछ ।

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...