पोखरामा रुखको हाँगा काट्दा क्रेन पल्टियो, भवन भत्कियो

पोखरा, २५ फागुन / पोखरा ८ नयाँबजार, दमकल मार्गमा रहेको पोखरा महानगरपालिका, शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र भित्रको रुखको हाँगा काट्दा क्रेन पल्टिएको छ भने भवन भत्किएको छ ।

पूरानो चौतारामा रहेको सम्मिको रुखको हाँगा काट्दा क्रेन दुर्घटनामा परेको हो । ना१क ७००१ नम्बरको क्रेन रुखको हाँगाले झड्कले पछि पल्टिएको थियो । रुखको हाँगा काट्ने व्यक्ति र चालक जोगिएका छन् ।

क्रेनको सहायताले रुखका हाँगा काट्ने बेला एक्कासी हाँगा ढलेर क्रेनलाई समेत पल्टाएको स्थानीयले बताए ।

क्रेन र हाँगा दुवै नवनिर्मित योगा भवनमाथि खस्दा भवनको आधा भागमा पुर्ण रुपले क्षति पुगेको छ । पल्टिएको क्रेनलाई अर्को ल्याएर क्रेनलाई उठाइएको थियो ।

कमेन्टहरु
Loading...